काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् ।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् ।
‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन सुरु गरेका उनले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गरे । खतरा रोग आएको भन्दै उनले भने, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?’
नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि देउवाले रुचाएका राजीव ढुंगानालाई सभापति बनाइएको छ भने भागबन्डाका आधारमा उपसभापति, महामन्त्री चयन गरिएको छ भने केन्द्रीय समितिले पूर्णता पाएको छैन ।
कार्यक्रममा पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको तथा संगठनलाई पूर्णता नदिएको बताएका थिए, तर देउवाले उल्टै थर्काएका छन् ।
नेविसंघ, तरुण दल सबैले पूर्णता पाउने बताए । केही समस्या रहेको भन्दै उनले भने, ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा गर्यागर्यै छन् ।’
एक समय नेविसंघको सभापति भएर आएको आफू चारपटक प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन ।’
उनले पहिले नेविसंघलाई बलियो बनाउन र स्कुल कलेजमा जित्न आग्रह गरे । ‘जहाँ पनि हार्याहार्यैं छन् । लाज पनि छैन,’ देउवाले नेविसंघका नेताहरुलाई भनेका छन् ।
उनले नेवि संघ स्कुलहरुमा कहाँ छ भनेर प्रश्नसमेत गरे । यसअघिका सभापतिहरुलाई पनि स्कुलमा नेविसंघ बनाउनुस् भन्दा नसुनेको भन्दै उनले भने, ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा ।’
उनले अघि भने, ‘गाउँमा जाऊ, स्कुलमा नेविसंघ बनाएर देखाऊ । केही नगर्ने, अनि मसँग कुरा गर्ने ?’
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला