तनहुँ । बिहीबार रातिदेखि परेको वर्षासँगै सेती नदीमा आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४३ घरटहरा विस्थापित भएका छन् । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह निकै बढेकाे छ ।
नदीकाे सतह बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ पुल्चाेकस्थित नयाँबस्तीमा सेती नदीको बाढी पस्दा ४३ घर डुबानमा परेका छन् नगरपालिकाको वडा नम्बर ४ र ८ का ४३ घर डुबानमा परेको वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार घरहरु जोखिममा परेपछि उनीहरुलाई सुरक्षितस्थलमा सारिएको छ ।
‘बाढीले बस्तीमा क्षति पुऱ्याउने देखिएकाले स्थानीयलाई सुरक्षित रुपमा स्थानीय आदर्श समाजको भवन तथा अन्य स्थानमा व्यवस्थापन गरेका छौं ।’ वडाअध्यक्ष रेग्मीले गण्डकन्युज संग भने ‘बाढी बस्तीमा पस्दा कुनै पनि मानवीय क्षति भने भएको छैन ।’
केही पशु चौपाया भने बाढीले बगाएको भए पनि अहिलेसम्म यकिन तथ्यांक भने संकलन गर्न नसकेको उनले जानकारी दिए ।

सो क्षेत्रको सेती नदी किनारमा बसोवास गर्दै आएकाहरु शुक्रबार बिहान करिब ४ बजेको समय तिर सेती नदीमा अचानक बाढी आउन थालेपछि घर छाडेर भागेका थिए ।
यहाँका केही बाढी प्रभावितहरुले घरमा रहेका सामाग्री निकाले पनि अधिकांशले घरबाट कुनै पनि सामाग्री निकाल्न नसकेका बताएका छन् ।

दुवै वडाको यो क्षेत्र पुर्जा नभएको जमिन रहेको र धेरै वर्षअगाडिदेखि नै जोखिमयुक्त ठाउँ घोषणा गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए ।
‘जोखिमयुक्त क्षेत्र भनिए पनि स्थानीय बसोबास गर्दै आएको र बर्सेनि यो समस्याबाट गुज्रिनु परेको छ’, उनले भने, ‘अहिले उहाँहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेका छौं ।’
सेती र सुरौंदी खोलाले थप क्षति पुर्याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको नगरप्रमुख गुरुङले बताए ।

नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् । सेतीको बाढीले शुक्लागण्डकी-४ र ८ जोड्ने सेती नदी माथिको पक्की पुल पनि जोखिममा परेको छ ।
यस्तै, तनहुँको सेती, मादी, मर्स्याङ्दी ठूला साना नदीहरुमा बाढी आएपछि पानीको सतह बढ्दै गएको छ ।
बिहीबार रातीदेखि अविरल वर्षा भएसंगै स्थानीय प्रशासन तथा स्थानीय पालिकाहरुले नदी तथा खोला किनार वरपर बसोवास गर्ने तथा पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क अपनाउन आग्रह गरेका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बाढीको कारण विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताए ।
बाढिले अहिलेसम्म जिल्लामा कुनै मानवीय क्षती नभएपनि उच्च सतर्कता भने आवश्यक रहेको बताए । नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित भएर बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।




तस्बिर सौजन्य : त्रिलोचन लम्साल र सामाजिक संजाल
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ