कोरोना संक्रमण बढ्दै गएपछि सरकारले ६० वर्ष उमेरमाथिका र १२ वर्षमुनिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन यस्तो आग्रह गरेको हो।
कोरोनाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६० वर्ष उमेरमाथिका अधिकांश व्यक्तिमा मधुमेह, उच्च रक्तचाप जस्ता समस्या हुने र यस्तो अवस्थामा कोरोना संक्रमण भयो भने ज्यानैसमेत जाने जोखिम भएकाले घरबाहिर निस्कन नहुने बताए। ‘ज्यानको माया लाग्छ भने घरबाहिर निस्कनु भएन,’ उनले ६० वर्ष उमेरमाथिकालाई लक्षित गर्दै भने।
त्यसैगरी प्रवक्ता गौतमले १२ वर्ष उमेरमुनिका बालबालिकाले सामाजिक दूरी कायम गर्न नसक्ने र माक्स लगाउन पनि लापरवाही गर्ने भएकाले कोरोना संक्रमणबाट जोगिन घरबाहिर निस्कन नहुने बताए।
स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।
मन्त्रालयले लकडाउन खोलेपछिको अवधिमा कोरोना संक्रमण ०.८ प्रतिशतले वृद्धि भएको र मृत्यु संख्या पनि बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको छ।
कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लाहरु धनुषा र पर्सामा आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहसहितको उच्चस्तरीय टोली पठाइसकिएको र अन्य जिल्लामा पनि टोली पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन