पोखरा २७ का तीन सहित गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

पोखरा २७ का तीन सहित गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

kathmandu

पोखरा –  गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्लाका ६ जनामा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु कास्की, नवलपुर र तनहुँ जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -२७  का ३२ र ४४ बर्षका पुरुष र ३१ बर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै तनहुँको भिमाद नगरपालिका -६ का ३९ बर्षीय पुरुष र नवलपुर कावासोती नगरपालिका -१७ का ४१ बर्षीय पुरुष र अर्का वडा नखुलेको २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ।

संक्रमित व्याक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राखिएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६५६ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds