चितवन । पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवन बिच मेमोरेडोम अफ अन्डरस्टान्डिङ(एमओयु) पत्र हस्ताक्षर भएको छ ।
रोटा वर्ष २०/२१ मा मेडिकल कलेज र क्लबको संयुक्त आयोजनामा वर्षमा ३ वटा दन्त शिविर हुनेछ ।
साथै कम्तीमा पनि एउटा बृहत स्वास्थ्य शिविर आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ ।
साथै उक्त क्याम्पबाट आएका व्यक्तिलाई कलेजले अधिक्तम ५५ प्रतिशत र न्युनतम १५ प्रतिशतसम्म छुट दिइने गरी पत्रमा हस्ताक्षर गरिएको छ ।
यसवर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख राजन पियाले बताए ।
निजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लवद्वारा आयोजित क्याम्पमा आउने सम्पूर्णले अस्पताल तर्फका सेवामा छुट पाउने छन ।
उक्त पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा.मनोहर प्रधान र प्रमुख कार्यकारी अधिकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख राजन पियाले हस्ताक्षर गरेका छन ।
रोटरी क्लब चितवनले एक कार्यक्रमका बिच उक्त पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष रोशन पियाले गतवर्ष जस्तै यसवर्ष पनि धेरै समुदायले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे ।
देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध अस्पतालमा विगत देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ ।
शिविरबाट रिफरेन्स वार्ड लिएर आउनेहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निर्देशक डा. मनोहर प्रधानले बताए ।
सेवाग्राहीलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै सम्पर्क व्यक्ति व्यवस्था गरिने र निशुल्क स्वास्थ्य शिविरले राम्रो टेवा पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुप्रभात श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पूर्व अध्यक्ष चर्द्रमण श्रेष्ठ, सरद गोपाल न्यान्छो, उत्तम लाल चुके, मनोज बर्नवला त्यस्तै रोट्रयाक्टको तर्फ बाट अध्यक्ष रोशन खरेल, उपाध्यक्ष प्रभास रोय, सदस्य डा.विकास साह उपस्थित थिए ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी