विहीबार राति सवा १ बजेको समय । धादिङमा लकडाउनको बेला । जिल्ला प्रहरी कार्यालय, धादिङको गेटमा मध्यरातमा एक युवक झोला बोकेर आए । सेन्ट्रीमा खटिएका प्रहरीकहाँ पुगे र भने ‘मान्छे मारेर आएको हुँ ।’ प्रहरी झसंग भए ।
सुरुमा त उनले युवकको दाबीमा विश्वास गरेनन् । तर, उनले बोकेको झोलामा रगत लतपतिएको देखेपछि ति प्रहरीले इन्स्पेक्टर सरोज राईलाई रिपोर्ट गरे । राई आएपछि ति युवकले झोला खोलेर टाउको निकालेर देखाइदिए ।
धादिङको निलकण्ठ नगरपालिका–१३ (साविक साँकोष गा.वि.स.वडा नं.५ )खलचेतका २६ वर्षीय राजु परियार मजदुर हुन् । उनी निर्माणको काम गर्छन् । मिस्त्रीको काम गर्ने उनी बिहीबार साँझ डिल बहादुर गुरुङको घरमा घेवाको निम्तो मानी घर फर्कँदै थिए । बाटोमा भोर्लेका सोमबहादुर गुरुङ रक्सी पिएर बसेको भेटे । राजुले सोमबहादुरलाइ यति राति कता हिँडेको भने सोधे । सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले । ‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे । तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हाने । मनपरी बोल्ने अनि उल्टै हान्ने ? भनेर अरु केही नसोची रिसले चुर भएर सरासर घर गए ।
झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए र केही नबोली छप्काएर हिँडे । त्यसपछि उनले अब प्रहरीकहाँ आत्मसमर्पण गर्ने सोच बनाए । झोला ल्याएर टाउको राखेर धादिङ बेशीतर्फ रातारात हिँडे । गाडीमा एक डेढ घण्टा लाग्ने बाटो उनी पैदल नै आएको प्रहरी बताउँछ । ‘मैले मान्छे मारेर आएँ भनेपछि झोला खोलेर हेर्दा टाउको भेटियो’, राईले सुनाए, ‘त्यसपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।’
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार अनुसन्धानका क्रममा खुर्पाले हानेर खलचेतकै ६५ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेर परियार प्रहरी कहाँ आत्मसमर्पण गर्न आएको खुलेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार अपराधस्थलबाट सामान्य अवस्थामा जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्न गाडीमा डेढ घन्टा लाग्छ । परियारलाई धादिङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते