तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ ।
हिजो शनिबार नगरप्रमुख बैकुण्ठ न्यौपानले एक विज्ञप्ति जारी गर्दै भदौ २१ गते आइतबार (आज)देखि नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गरिने जनाएका छन् ।
क्षमता अनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिई बिहान ७ देखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख न्यौपानेले बताए ।
नेपाल सरकार गृहमन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोही बमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय व्यास नगरपालिकाले गरेको हो ।
व्यास नगरपालिकाले कोभिड-१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो ।
भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो ।
व्यास नगरपालिकाले हालसम्म भारत लगायत अन्य मुलुकबाट आएका तथा अन्य नागरिकहरु गरी १ हजार ३८७ जनाको नमुना संकलन प्रश्चात गरेको कोरोना परीक्षणमा १ हजार २७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणमा संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किएका छन भने १२ जना सक्रिय संक्रमित रहेकोमा ६४ जनाको रिपोट आउन बाँकी रहेको छ ।
यस्तै, नगरपालिकाको वडा नं. १ अम्रेनीकी ५० वर्षीया र व्यास-२ दमौलीकी २० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सार्वजनिक यातायातका साधन सञ्चालन भएपनि कोरोना भाइरसको अन्त्य नभएकाले थप र्सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला