तनहुँ । तनहुँका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको बन्दिपुर गाउँपालिकामा १ जना, भानु नगरपालिकामा २ जना, व्यास नगरपालिकामा १ जना र शुक्लागण्डकी नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बन्दिपुर-५ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भानु-१३ का ३७ वर्षीय पुरुष र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो ।
यस्तै व्यास-२ की ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ८ को २४ वर्षीय पुरुष, वडा नम्बर ३ का ७६ वर्षीय पुरुष र वडा नम्बर ११ को ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशनालयले जनाएको छ ।
सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको छ ।
तनहुँमा कोरोनाको अवस्था
तनहुँमा कोरोना संक्रमितको संख्या २९९ पुगेको छ्ब। त्यस्तै निको हुनेको संख्या २१० पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ