तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बहु विवाह मुद्दामा फरार व्यक्ति १ वर्षपछी पक्राउ गरेको छ ।
तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएका जिल्लाको व्यास नगरपालिका वडा नं १२ सुपारेडाँडा बस्ने ३० वर्षीय करण बहादुर परियारमाथि तनहुँ जिल्ला अदालतको मिति २०७५ पुष १९ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र ५ हजार जरिवाना हुने गरी सजाय ठहर भएको थियो ।
उक्त कैद मध्ये १ बर्ष ५ महिना १३ दिन कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका करण बहादुर परियारको खोजतलास गर्ने क्रममा गत भदौ २१ गते दिउसो उनकै घरमा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
चोरी मुद्दामा फरार व्यक्ती ४ बर्ष पछी पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले चोरी मुद्दामा फरार रहेका जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं २ बस्ने २० वर्षीय सुमित गुरुङ माथि चितवन जिल्ला अदालतको मिति २०७३ चैत १३ गतेको फैसला अनुसार ३ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेका उनको खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले भदौ २१ गते बिहान उनको सम्बन्धित घरमा फेला पारि पक्राउ गरेको हो ।
तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते