तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका एक व्यक्तिलाई १ वर्ष पछी पक्राउ गरेको छ ।
तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएका जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं ३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठ उपर तनहुँ जिल्ला अदालतको मिति २०७६ साउन २९ गतेको फैसला मध्ये २ महिना ५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका जयकृष्ण श्रेष्ठको खोजतलास गर्ने क्रममा भदौ २१ गते बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
लागुऔषध मुद्दामा फरार व्यक्ती ३ वर्षपछी पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं १ बस्ने ३६ वर्षीय बिष्णु बहादुर सुनारी उपर तनहुँ जिल्ला अदालतको मिति २०७४ भदौ ८ गतेको फैसलाले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना हुने गरी सजाय ठहर भएकोमा उक्त तोकिएको कैद मध्ये १४ दिन कैद र २ हजार जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।
उनको खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले मिति भदौ २० गते बेलुकी उनको घरमा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको हो ।
उनलाई तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो