काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिलेको निषेधाज्ञा लम्ब्याउनुपर्ने तर्क राखेका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड १९ निगरानीसम्बन्धी उपसमितिको आइतबारको बैठकमा उनले निषेधाज्ञा आगामी दसैंसम्मै गर्नुपर्ने बताएका हुन्।
‘दशैं आउँदैछ, केही सहजीकण गरेर भए पनि यसलाई त्यतिबेलासम्म कायम राख्नुपर्छ होला’, उनले भने, ‘अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैसम्म निषेधाज्ञा गर्नैपर्छ।’
‘दसैंसम्म कुनै न कुनै रूपमा अलिकति केही खुकुलो बनाएर भए पनि निषेधाज्ञा कायम गर्नैपर्ने हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले भने । नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भन्दै हालकै अवस्थाको निषेधाज्ञाको अर्थ नभएको धारणा राखे ।
तीजमा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण कम फैलिएको तर्क भट्टको थियो। त्यतिबेला निषेधाज्ञा नभएको भए संक्रमण दर झन् तीव्र हुनसक्ने अनुमान गर्न सकिने उनको भनाइ थियो।
त्यस्तै, काठमाडौंका सिडिओ जनकराज दाहालले भने निषेधाज्ञा खोल्नुपर्ने मत राखेका थिए। ‘रोगले भन्दा पनि भोकले मान्छे मर्ने अवस्था आएको छ। अब लिभिङ विथ कोरोनामा जानुपर्छ’, उनको भनाइ थियो।
उनले सीमा नाकामा सेना परिचालन गर्नुपर्ने तर्क राखेका थिए। प्रहरीले मात्रै सबै काम गर्न नसक्ने उनको भनाइ छ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भित्र्याउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला