किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ को हाईस्कुलटारमा ४ वटा टिपर स्थानियले रोकिदिएक छन् ।
नमूना ग्रिड एण्ड क्रसरको निर्माण सामाग्री (ढुंगा, गिट्टी, बालुवा) ओसारपसारका लागि चलिरहेको टिपर स्थानियले नियन्त्रणमा लिएका हुन ।

८-९ वटा टिपर एकैपटक तिब्र गति गुड्ने र सडक भत्किन थालेको भन्दै स्थानीयले टिपर नियन्त्रणमा लिएका हुन ।
गत असार २९ गते बुद्धसिंह मार्गदेखी आदिकवि भानुभक्त क्याम्पस, हाईस्कुलटार, विज्ञानचौर, भादगाउँ, गल्बुबेशी हुँदै पृथ्वी राजमार्ग निस्कने बाटोको रुट लगाएत सम्बन्धि विषयमा व्यास-१ का वडाअध्यक्ष खरसिंह दरैको अध्यक्षतामा सरोकारवाला टोल र नमूना ग्रिड एण्ड क्रसरको प्रतिनिधिको उपस्थितिमा ६ बुदे निर्णय गरेको थियो ।

उक्त ६ बुदे निर्णय कार्यान्वयन गर्ने दुबै पक्षको सहमति भएको थियो तर उक्त सहमति अनुसार निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बिहान स्थानीयले हाईस्कुलटारमा ४ वटा टिपर नियन्त्रणमा लिएका हुन ।
गत असर २९ गते साना सवारी मात्रै चलाउने, वैकल्पिक मार्ग बनाउनुपर्ने र साँझ ६ बजेदेखि राति ९ बजेसम्म मात्रै टिपर चलाउनुपर्ने लगाएतका विषयमा सहमति भएको थियो ।
यी हुन ६ बुदे निर्णय :

गत असार २९ गते वडा कार्यालयमा भएको निर्णय कार्यान्वयन नभएको र उक्त निर्णय तुरुन्तै लागु होस भनेर टिपर नियन्त्रणमा लिएको मिलन टोल विकास संस्थाका अध्यक्ष सोमराज सिग्देलले बताए ।
‘सानो बाटोमा क्षमता भन्दा ठुला (हेब्बी) सवारी चल्दा रोड भत्किन थालेको छ ।’ अध्यक्ष सिग्देलले भने ‘असारको निर्णय अनुसार बिग्रिएका, भत्किएका बाटाहरु मर्मत हुनुपर्ने मुख्य माग हाम्रो हो ।’
उक्त सडकलाई एकतर्फी बनाउनुपर्ने समेत माग रहेको मिलन टोलका अध्यक्ष सिग्देलले बताए ।
६-७ टिपर लगातार तिब्र गतिमा कुदाउदा बस्तिका स्थानियमा दुर्घटना हुनसक्ने डर भएको छाब्दी प्रवेश टोल विकास संस्थाकी अध्यक्ष गंगादेवी गुरुङले बताईन ।
उक्त विषयमा वडा र नगरपालिकामा सम्झौता गरेपनि निर्णय कार्यान्वयन नभएको अध्यक्ष गुरुङले बताईन । उनले भनिन ‘संझौता अनुसार काम भए चल्ने दिने तर अब पनि काम नभए अब प्रवेशद्वार मै टिपर रोक्दिन्छौ ।’

यता व्यास-१ का वडाअध्यक्ष खरसिं दरै भने गत असारको निर्णय कार्यान्वयनमा ढिलाई भएको स्विकार्छन । उनले भने ‘त्यो बेला बाढि पहिरो संगै कोरोनाको जोखिम रहेकाले संझौता अनुसारको काम अर्को पक्ष (नमूना ग्रिड एण्ड क्रसर)ले गर्न नसकेको हो ।
नमूना ग्रिड एण्ड क्रसरका प्रतिनिधी सम्पर्कमै रहेको र चाढै नै सडक मर्मतको काम गर्ने जनाएको वडाअध्यक्ष दरैले जानकारी दिए ।

‘टोल समितिहरुले अर्को पक्षले व्यास नगरपालिकाले तोकेको समय सिमामा टिपर नचलाई मनलाग्दी गरेको बताएको जानकारी पाएको छु ।’ वडाअध्यक्ष दरैले भने ‘अब फेरी दुई पक्षलाई राखेर छलफल गर्छौ ।’
टिपरको कागजपत्र राखेर स्थानियले रोकेका टिपरलाई छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । उनले भने ‘सम्बन्धित व्यक्ति आएपछि कागजपत्र दिन्छौ ।’
हेर्नुस भिडियो :https://youtu.be/XZkx4DquHWk
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ