पोखरा –पोखरामा आज सोमबार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य निर्देशनालयको पहिलो. तेस्रो र चौथो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन १५ वडाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयको सोमबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ६ वडाका १७ जनासहित गण्डकी प्रदेशमा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ४ का ४५, ३७, २४, २९, २३ वर्षीय पुरुष, पोखरा वडा न.१७ का ३३, २७, २४ वर्षीय पुरुष, पोखरा वडा न.३३ का २३ वर्षीय पुरुष, पोखरा वडा न.१४ का २८, २५, ३७ वर्षीया महिला तथा २६, ४६, ६ वर्षीय पुरुष, पोखरा वडा न. ७ का ४४ वर्षीय पुरुष, पोखरा वडा न.८ का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका- ४ र १७ का ७ जना कार्यरत प्रहरी हुन् । पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका थिए ।
महानगरपालिका- ८ का २१ बर्षीय महिला पोखरा महानगरपालिमा कार्यरत स्वास्थ्यकर्मी हुन ।

- तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका ३ सहित गण्डकीमा थप ८ संक्रमित थपिए
सोमबार पोखराका थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ३ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा १० का २३ वर्षीय पुरुष, पोखरा- २७ का १२ वर्षका किशोर, पोखरा- ९ का ६० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

- चौथो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा फेरि ३० जना संक्रमित थपिए
पछिल्लो चौथो विज्ञप्ति अनुसार पोखरामा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ का ६ वर्षीय बालक सहित २ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, ६ का १ महिला, ७ का ३ पुरुष, वडा नम्बर ८ का २ महिला सहित १ पुरुषलाई कोरोना पुष्टि भएको छ ।
त्यस्तै, वडा नम्बर ९ का १ महिला, वडा नम्बर १० का २ महिला सहित १ पुरुष, १३ का ४ महिला सहित १ पुरुष, वडा नम्बर १४ का २ महिला सहित १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, १७ का १ जना पुरुष, वडा नम्बर २५ का ८ वर्षीय बालिका सहित १ पुरुष र वडा नम्बर २६ का ३ महिला सहित १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा हालसम्म ६४९ संक्रमित फेला परेको छ, जसमध्य २३६ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४०३ रहेको छ । कास्कीमा अहिले सम्म १० कोरोना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा