गोरखालीहरू नेपालको सैनिक सेवामा मात्र संलग्न हुन्छन् भन्नु उनीहरूलाई कम आँकलन गर्नु हो । नेपालमा हमला गर्ने हिम्मत आज पनि कसैमा छैन भने त्यसको एक मात्र कारण गोरखालीहरूको छवि नै हो । उनीहरू सभ्य र निडर हुन्छन् । जो केवल नेपाली सेनामा मात्र सेवा गर्दैनन्, अपितु बेलायती तथा भारतीय सेनाका लागि पनि मर्न तत्पर रहन्छन् ।
आज होइन, सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको अन्त्यदेखि नै यो परम्परा चलिआएको छ । विकट परिस्थिति तथा दुर्गम क्षेत्रहरूमा पनि उनीहरू आफ्नो असाधारण वीरता र नायकत्व प्रदर्शन गर्न सक्छन् ।
आफ्नो यो परम्परामा विश्वास राख्ने एक गोरखा सैनिक दीपप्रसाद पुनले अफ्गानिस्तानको एउटा मोर्चामा एक्लैले एउटा पोष्टमा ३० जना तालीबानी लडाकुलाई मात ख्वाइदिएका थिए ।
यो घटना अफगानीस्तानको हेल्मन्ड प्रान्तमा सेप्टेम्बर २०१० को एक साँझ घटेको थियो । गोरखा राइफल्सका हवल्दार दीपप्रसाद पुन चौकीको दोस्रो तल्लामा तैनाथ थिए । त्यही बेला उनले केही हलचल सुने । ध्यानपूर्वक हेर्दा त्यहाँ सडकमा विद्रोहीहरू विस्फोटक (इम्प्रोभाइज एक्सप्लोसिभ डिभाइस अर्थात् आईईडी) पदार्थ राख्ने प्रयास गरिरहेका थिए ।
पुनलाई बुझ्न गार्हो भएन कि उनी चारैतिरबाट घेरिइसकेका छन् तसर्थ उनले हार नमानी युद्धमा डट्ने निर्णय गरे । त्यो रात त्यहाँको आकाश गोली र रकेट प्रोपेड ग्रेनेड (आरपीजी) फायरले गुञ्जायमान थियो । पुन तैनाथ चौकीलाई हानी पुर्याउने पूरा योजनाका साथ तालिबानी लडाकुहरूले उक्त हमला गरेका थिए ।
यद्धपि पुन आत्तिएनन्, बरु पुरा जोस र हिम्मतका साथ मसिनगन उठाए, ट्राइपोड लगाए अनि त्यसपछि आँखा चिम्लेर अन्धाधुन्ध गोली बर्साउन थाले । पुनले आक्रमणकारीहरूलाई सम्हालिने अवसर पनि दिएनन् । पुनले १७ वटा ग्रेनेडले शत्रुहरूमाथि आक्रमण गरे । ग्रेनेड सकिएपछि एसए ८० सर्भिस राइफलले दनादन गोली बर्साए । यहाँसम्म कि उनी शत्रुहरूमाथि बारुदी सुरुङ फ्याँक्नसमेत हिचकिचाएनन् ।
उक्त घटना स्मरण गर्दै पुन भन्छन्— ‘एक तालीबानी लडाकू गार्ड हाउससंग टाँसिएको टावर चढ्ने प्रयास गरिरहेको थियो । मैले तत्काल उसलाई जमिनमा खसाल्नु थियो ।
मैले उसलाई त्यहाँबाट हटाउन सफलता त हासिल गरें तर हतियारले मलाई ऐन मौकामा धोका दिएको थियो, त्यतिबेला राइफल चलेन । मैले मसिनगनको ट्राइपड उठाएर त्यो तालिबानीको टाउकोमा प्रहार गरें, त्यसपछि ऊ जमिनमा ढल्यो ।’
पुन तालिबानीहरूसँग तबसम्म भिँडिरहे, जबसम्म थप सैनिक सहायता उनको चौकीसम्म आइपुगेन । थप सहयोग त्यहाँ पुग्दासम्म पुन एक्लैले ३० जना तालिबानीलाई सिध्याइसकेका थिए । हिजोआज पुन जब उक्त घटना विवरण सुनाउन थाल्छन्, त्यतिबेला उनका शब्दले भन्दा आँखाले धेरै कुरा भनिरहेका हुन्छन् ।
पुनलाई उक्त बहादुरीका लागि बेलायतकी महारानी एलिजावेथ द्वितीयाले बकिङघम प्यालेसमा आयोजित एक समारोहका बीच ‘कक्सपिक्युअस ग्यालेन्ट्री क्रस’ पदकले सम्मानित गरेकी थिइन् ।
उक्त समारोहमा उपस्थित विशिष्ट व्यक्तिहरूलाई सम्बोधन गर्दै पुनले भनेका थिए— ‘त्यति बेला म निराश थिइनँ, किनभने मसित आफू बाँच्नका लागि लड्नुको विकल्प थिएन ।
तालिबानीहरूले चारैतिरबाट त्यो चेकप्वाइन्टलाई घेरिसकेका थिए र म त्यहाँ एक्लै थिएँ । जसरी उनीहरूले मलाई घेरेका थिए, त्यस्तो स्थितिमा मेरो मृत्यु निश्चित थियो ।
त्यतिबेला मैले सोचें मर्नुअघि जति बढिलाई मार्न सक्छु, त्यति शत्रुलाई मारेर मात्र म आफू मर्छु ।’ पछि थाहा भयो कि पुनले त्यतिबेला २ सय ५० मेसिनगन तथा १ सय ८० एसए ८० राउन्ड फायर गरेका थिए भने ६ वटा फस्फोरस ग्रिनेड, ६ वटा नर्मल ग्रिनेड अनि एउटा क्लेमोर माइन फ्याँकेका थिए ।
पुनको परिवार पुस्तौंदेखि ब्रिटिस गोरखा रेजिमेन्टमा सेवारत छ । पुनका पिता पनि गोरखा राइफलमै कार्यरत थिए भने उनका हजुरबुवा द्वितिय विश्वयुद्धताका बर्माको मोर्चामा देखाएको अदम्य साहसका लागि भिक्टोरिया क्रसबाट सम्मानित भएका थिए ।
(साप्ताहिक अनलाइन संस्करण इन्डिया संवादका लागि सुष्मा श्रीको आलेखको भावानुवाद)
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर