गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा

भ्रष्टाचार

गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा

Dandu-Raj-Ghimire

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमितता प्रकरणमा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे पनि मुछिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा तेस्रो मुद्दा विशेष अदालतमा दर्ता गर्दा गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरे पनि परेका हुन्। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव हुन्।

बिहीबार अख्तियारले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत थप १४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। जसमा तत्कालीन २ जना सचिवहरु पनि परेका छन्।

मुद्दा दायर गरिएका अन्य उच्च पदाधिकारीहरुमा अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने हुन्।

सोही प्रकरणमा यसअघि दायर मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरु भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोस्टबहादुर बोगटी गरी ५ जना मन्त्रीहरुलाई समेत विपक्षी बनाएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ