अमेरिका र इरानबीच २८ फेब्रुअरीदेखी सुरु भएको युद्ध अहिले दुई महिना पुरा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई छोटो र निर्णायक युद्ध भनेका थिए, तर अहिले परिस्थितिले उल्टो संकेत गरिरहेको छ।
युद्ध केही समयका लागि रोकिएजस्तो देखिए पनि पूर्ण रूपमा समाप्त भएको छैन। यस संघर्षमा हालसम्म इरानका ३,६०० भन्दा बढी मानिसको ज्यान गएको छ, जसमा १,७०० भन्दा बढी सर्वसाधारण नागरिक रहेका छन्। इन्टरनेशनल मोनेटरी फन्ड (आइएमएफ) का प्रमुख अर्थशास्त्री पाएरी ओलीभर गौरिनचसले चेतावनी दिंदै यो संघर्ष लामो समयसम्म चलिरह्यो र तेलको मूल्य उच्च नै रह्यो भने विश्व आर्थिक वृद्धिदर घटेर करिब २ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन्। जसका कारण सामान्यतया विश्वव्यापी आर्थीक मन्दी बढ्ने छ।
आइएमएफका अनुसार युद्धअघि यस वर्ष विश्वव्यापी मुद्रास्फीति ४.१ प्रतिशतबाट घटेर ३.८ प्रतिशतमा झर्ने अपेक्षा गरिएको थियो, तर अहिले यो बढेर ४.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। त्यसैगरी हार्वर्ड युनिभर्सीटीका अर्थशास्त्री लिन्डा बिलमेसका अनुसार अमेरिकाले यस युद्धमा करिब १ ट्रिलियन डलर अर्थात् करिब १५२ लाख करोड नेपाली रुपैयाँ खर्च गरिसकेको अनुमान छ। यद्यपि अमेरिकी सरकारले भने २५ अर्ब डलर मात्र खर्च भएको दाबी गरेको छ।
अर्कोतर्फ, यस युद्धबाट चाइना र रसियाले फाइदा लिइरहेका छन्। चीन यस युद्धका कारण तुलनात्मक रूपमा अझ बलियो अवस्थामा देखिएको छ। उसले पहिले नै ठूलो मात्रामा तेल भण्डारण गरिसकेको थियो र वैकल्पिक ऊर्जामा दशकौँदेखि लगानी गर्दै आएको थियो। साथै, अमेरिकाको अन्तर्राष्ट्रिय छवि कमजोर बन्दै जाँदा चीनलाई कूटनीतिक लाभ पनि मिलेको छ।
चीनका तेल तथा ग्यास कम्पनीहरूले पनि ठूलो नाफा कमाइरहेका छन्। सीएनएनका अनुसार चीनका ६ ठूला कम्पनीहरूले यस वर्ष ९४ अर्ब डलरसम्म नाफा कमाउन सक्ने अनुमान गरिएको छ। यसैबीच, युद्धका कारण रसियाको अर्थतन्त्रलाई पनि लाभ पुगेको देखिएको छ। तेल र मलको मूल्य बढेका कारण रूसको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ।
तेलको मूल्य तीव्र रूपमा बढिरहेका बेला अमेरिकाले समुद्रमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाएको थियो, जसले आपूर्ति बढाउन मद्दत गर्यो र त्यसबाट रूसलाई थप फाइदा पुग्यो। अन्तर्राष्ट्रिय इनर्जी एजेन्सी (आइए) का अनुसार मार्च महिनामा रूसको ऊर्जा क्षेत्रबाट हुने आम्दानी झन्डै दोब्बर भएर १९ अर्ब डलर पुगेको थियो, जबकि फेब्रुअरीमा यो ९.७५ अर्ब डलर मात्र थियो।
सम्बन्धित खबर
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्