तनहुँ । तनहुँको दमौलीमा राष्ट्रवादी अभियान तनहुँले शुक्रबार मोटरसाइकल र्याली गर्ने भएको छ ।
राजसंस्था तथा हिन्दु राज्यका पक्षधर युवाको समुहले दमौलीमा शुक्रबार मोटरसाईकल र्याली गर्दै प्रदर्शन गर्न लागेको हो ।
अहिले देशभर विभिन्न स्थानमा हरेक दिन जसो राजसंस्थाको पक्षमा प्रदर्शन भईरहेको छ ।
देशमा बढेको भ्रष्टाचार, विदेशी हस्तक्षेप, अराजकता, धर्म परिवर्तन लगाएतका विरुद्ध प्रदर्शन गर्न लागिएको राष्ट्रवादी अभियानका संयोजक महमोद सफिक मियाले बताए ।
“गणतन्त्र र संघीयता आजको आवश्यकता हुँदै होइन” संयोजक मियाले भने “छोटे राजा धेरै भए अब नेपाली जनता आजित भईसके अब राजसंस्था आउनुपर्छ ।”
उनले अगाडि भने “राजसंस्था ल्याउने भनेर सबै अधिकार राजालाई दिने भनिएको होइन, राजासहितको प्रजातन्त्र आजको आवश्यकता हो ।”
ठुलो संख्यामा युवा लगाएत राष्ट्रवादीहरुको उपस्थित रहने अभियानका सल्लाहकार बिनोद घर्तीले बताए ।
दमौली स्थित अन्सन चौतारीबाट र्याली सुरु हुने र सोही स्थानमा आएर सकिने अभियानका उज्जवल भट्टराईले बताए । “आजको नेपाली युवाको ध्यान २०-२२ वर्ष भएपछि पासपोर्ट बनाउने तर्फ हुन्छ । भट्टराईले भने “भावी पुस्ताले त्यो गर्न नपरोस भनेर नेपाली अहिले सडकमा आएका हुन ।”
यो सुरुवात हो र यस्तो खाले प्रदर्शन निरन्तर हुने भट्टराईले बताए । उनले भने “प्रदर्शनमा आउने सबै आफ्नै खर्चले मोटरसाइकलमा पेट्रोल हालेर आउने हो ।” प्रदर्शनका लागी खर्च आफ्नै टिमबाट जुटाएको उनले बताए ।
उनले अगाडि थपे “पैसाले किनेर ल्याउने भए त हामि हजारौं युवालाई सडकमा उतार्न सक्छौ तर यहाँ त राष्ट्रलाई माया गर्ने युवाको मात्रै सहभागीता हुने हुँदा कुनैपनि खर्च वितरण हुँदैन ।”
“युवाको मनस्थिति विस्तारै परिवर्तन हुँदै छ ।” भट्टराईले भने “अवश्य पनि राजसंस्था फर्किन्छ ।”
अन्सन चौतारी हुँदै सफा सडक, ट्राफिक चोक, भोर्लेटार चोक, गणेशमान चोक, भादगाउँ हुँदै अन्सन चौतारी आउने अभियानका सल्लाहकार घर्तीले बताए ।
उनले भने “राजनीति भन्दामाथि रहेर देश र राष्ट्रलाई माया गर्ने नेपालीको सहभागिता रहन्छ ।”
विभिन्न राजनैतिक पार्टीमा आवद्ध व्यक्तिहरु समेत सो अभियानमा जोडिएको अभियानका सदस्यहरुले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला