विधि नमाने जनताले ओलिलाई बालुवाटारबाट निकाल्छ – काङ्ग्रेस नेता डा.रिजाल

विधि नमाने जनताले ओलिलाई बालुवाटारबाट निकाल्छ – काङ्ग्रेस नेता डा.रिजाल

rbt

rbt

तनहुँ । विधि नमाने जनताले ओलिलाई बालुवाटारबाट निकाल्ने डा.रिजालले बताए ।

तनहुँको दमौलीमा भएको सरकार विरोधी सभालाई सम्बोधन गर्दै डा.रिजालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली बालुवाटारमा लुकेर बसेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले बताए ।

ओलीले आफ्नो सबैभन्दा तागत भएको संसद अधिवेशन अन्त्य गरेर संसदबाट भाग्ने मान्छे कसरी दुई तिहाईको नेता हुन् सक्छ” डा रिजालले प्रश्न गरे । उनले अगाडी थपे ‘संसदले प्रधानमन्त्रीबाट हटाईदेला भनेर बालुवाटारमा लुकेर बस्ने ओली कसरि दुई तिहाइको नेता हुन् सक्छ त्यो दुई तिहाईको नेता हुनै सक्दैन ।’

“ओलीको तागत भएको संसदमा हामि पनि छौं, हाम्रा अगाडि बस्न नसकेर संसद अधिवेशन अन्त्य गरेर बसेका छन् ।” रिजालले भने “आगामी पुष १८ गते संसदको अधिवेशन खोल्ने हिम्मत छैन ओलीमा ।’ आफ्नै पार्टीको झगडा त व्यवस्थापन गर्ने क्षमता नभएको ओलीलाई कसरी दुई तिहाईको नेता मान्ने डा.रिजाल प्रश्न गर्छन । कांग्रेसलाई सत्ता प्रिय छैन, कांग्रेसलाई जनताले जनताको बीचमा खोजेको डा,रिजाल बताउछन ।

ओली सरकारको दुई तिहाईमा प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल पर्छन की पर्दैनन् डा.रिजालले प्रश्न गरे पर्छन भने प्रचण्ड अहिले हामि भन्दा चर्को रुपमा भन्दैछन् होइन् महाराज ओली तिमि हट म शासन गर्छु ।, पर्दैनन् भने दुई तिहाई कहाँ छ ?

‘सरकारले विधि माने जनताले पनि विधि मान्नेछ ।’ डा.रिजालले भने ‘ओली र नेपाल कम्युनिष्ट पार्टिले जहिलेसम्म संविधान मान्छ त्यहिलेसम्म जनताले पनि संविधान मान्छन अनि संविधान अनुसार प्रधानमन्त्रीलाई सम्मान गर्छ ।’

“जनताले कसैको अपमान गर्नको लागी मत दिएर जिताएका होईनन्” डा.रिजालले भने “जनताले संविधानको रक्षा गर्नका लागी दिएको हो ।”

“ओली सरकारलाई संविधानको एउटै धारा प्यारो छ , त्यो हो २९८ धारा” डा. रिजालले भने “जसबाट ओली प्रधानमन्त्री निर्वाचित भएका थिए ।” सरकारको अधिनायकवादी र भ्रष्ट चरित्रका विरुद्ध संदेश दिनको लागी आजको विरोध र्याली गरिएको डा.रिजालले बताए ।

संविधानको पालना गरौँ – भट्टराई

कांग्रेसको जरा नउखेलिएको र पुन:उठ्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले अनुरोध गरे । संविधान बनाउनेलाई कानुन नसिकाउन कर्मचारीलाई भट्टराईले अनुरोध गर्छन । नेकपाका नेताहरुलाई आफ्नो चुनावी घोषणापत्र हेर्न भट्टाराई सुझाउछन ।

“हामि लोकतन्त्रमा आस्था राख्छौ, संविधानको रक्षा संगै पालाना गरौ ।” भट्टराईल भने “सरकारको क्रियाकलापले संविधान विरोधीलाई शिर उठाउने बाटो पाएका छन् ।” सरकारको ध्यान भष्ट्राचारमा व्यस्त रहेको भट्टाराईले बताए ।

माननीय भन्न पनि लाज लाग्छ – सभापति न्यौपाने

नेकपाबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठलाई माननीय भन्न पनि लाग्ने नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले बताए । कांग्रेस नेता रामचन्द्र पौडेललाई सत्ताको आडमा धरपकड गरिनु अराजनैतिक भएको न्यौपानेले बताए । नेकपाका नेता कार्यकर्ता पैसाको लोभ देखाउने अबिर दल्दै हिड्ने गरेको सभापति न्यौपानेले आरोप लगाए । लोकतन्त्रमा विधि र प्रकिया मिचेर सत्ताको आडमा गरिएकोको कार्य सह्य नभएको न्यौपानेले बताए । “होसियार हुन् आग्रह गर्छु ।” न्यौपानेले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । गत मङ्सिर १७ गते कांग्रेस नेता रामचन्द्र पौडेलमाथी भएको घटनाको समेत विरोध गरिएको हो ।

दमौली स्थित काङ्ग्रेसको पार्टी कार्यालयबाट शुरु भएको बृहत र्‍याली सफासडक, डाङ्ग्रेखोल्सी अन्सनचौतारी हुँदै व्यास-३ खुला मैदानमा आएर सभा भएको थियो ।

७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन भएको छ । दमौलीमा भएको सभामा नेपाली कांग्रेसका केन्द्रिय स्तरका नेतादेखि हजारौको संख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ