तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास-१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा अध्यनरत छात्राका लागी सेनिटरी प्याड सहयोग गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले क्याम्पसलाई मंगलबार दुई हजार सेनिटरी प्याड सहयोग गरेको शिक्षा शाखाका अधिकृत सन्तोष गोदारले जानकारी दिए ।
क्याम्पसमा अध्यनरत छात्राहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने उद्देश्यले व्यास नगरपालिकाले २ हजार प्याकेट सेनिटरी प्याड क्याम्पसलाई हस्तान्तरण गरेको हो
।
क्याम्पसमा करिब २ हजार छात्राहरु अध्यनरत रहेको आदिकवि भानुभक्त क्याम्पसले जनाएको छ । क्याम्पसमा अध्यनरत मध्ये ९० प्रतिशत छात्राहरु ग्रामिण भेगका रहेका छन ।
उनिहरु मध्ये धेरै जना महिनावारिका समय हरेक महिना ३ देखि ४ दिन सम्म क्याम्पस अनुपस्थित हुने गरेका क्याम्पसले बताएको छ । नि:शुल्क प्याड वितरणले छात्राहरुको अध्ययन नियमित गराउन सहायता पुग्ने सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले बताईन ।
उक्त प्याड नगरपालिकाका शिक्षा शाखाका अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाइ मंगलबार क्याम्पस मै पुगेर हस्तान्तरण गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?