तनहुँ । टिम नेपो तनहुँले जिल्ला कारागार तनहुँमा पुस्तक हस्तान्तरण गरेको छ ।
कारागारमा रहेका कैदिबन्दीलाई समय बिताउन र ज्ञान बढाउन सहयोग होस भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमल्सिनाले जानकारी दिए ।
संस्थाले विभिन्न १ हजार ५ वटा पुस्तक सहयोग गरेको हो ।
ज्ञान बढाउन पुस्तकले सहयोग पुर्याउने कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
गत २ वर्षअघि देखि पुस्तक परियोजना सुरु भएको टिम नेपोको संस्थापक अध्यक्ष निगम पौडेलले बताए ।
पुस्तक मानसिक स्वास्थ्यका लागी फाइदाजनक हुने भएकाले पुस्तक परियोजना अन्तर्गत तनहुँको तेस्रो कारागारका रुपमा पुस्तक हस्तान्तरण गरिएको संस्थापक अध्यक्ष पौडेलले बताए
उनले अगाडि भने ‘काठमाडौको सरकारी विद्यालयबाट पुस्तक परियोजना सुरुवात गरेका हौँ ।’
विचार परिवर्तनका लागी पुस्तकले सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
‘संख्यात्मक भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ’ प्रजिअ आचार्यले भने ‘कारागारको आवश्यकता बुझेर पुस्तक हस्तान्तरण गर्नुपर्छ ।’
उनको भने ‘पुस्तकले जिवन परिवर्तन गर्न सक्छ भनेर परियोजना सुरु गरेका हौ ।’
कार्यक्रममा व्यास-३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठ, व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ, प्रहरी उपरीक्षक अरुण पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते