तनहुँ । टिम नेपो तनहुँले जिल्ला कारागार तनहुँमा पुस्तक हस्तान्तरण गरेको छ ।
कारागारमा रहेका कैदिबन्दीलाई समय बिताउन र ज्ञान बढाउन सहयोग होस भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमल्सिनाले जानकारी दिए ।
संस्थाले विभिन्न १ हजार ५ वटा पुस्तक सहयोग गरेको हो ।
ज्ञान बढाउन पुस्तकले सहयोग पुर्याउने कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
गत २ वर्षअघि देखि पुस्तक परियोजना सुरु भएको टिम नेपोको संस्थापक अध्यक्ष निगम पौडेलले बताए ।
पुस्तक मानसिक स्वास्थ्यका लागी फाइदाजनक हुने भएकाले पुस्तक परियोजना अन्तर्गत तनहुँको तेस्रो कारागारका रुपमा पुस्तक हस्तान्तरण गरिएको संस्थापक अध्यक्ष पौडेलले बताए
उनले अगाडि भने ‘काठमाडौको सरकारी विद्यालयबाट पुस्तक परियोजना सुरुवात गरेका हौँ ।’
विचार परिवर्तनका लागी पुस्तकले सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
‘संख्यात्मक भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ’ प्रजिअ आचार्यले भने ‘कारागारको आवश्यकता बुझेर पुस्तक हस्तान्तरण गर्नुपर्छ ।’
उनको भने ‘पुस्तकले जिवन परिवर्तन गर्न सक्छ भनेर परियोजना सुरु गरेका हौ ।’
कार्यक्रममा व्यास-३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठ, व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ, प्रहरी उपरीक्षक अरुण पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’