तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई जुत्ता, मोजा र शैक्षिक सामाग्री सहयोग गरेको छ ।
क्लबले आइतबार व्यास-११ सेरा स्थित वसन्त आधारभुत विद्यालयमा उक्त सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिए ।
क्लबले २१ जोर जुत्ता मोजा र शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेको हो । क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठको जन्मदिनको अवसरमा श्रेष्ठ र क्लबले संयुक्त रुपमा उक्त सामाग्री विद्यार्थीलाई सहयोग गरेको हो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्का रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि वडाअध्यक्ष खड्काले जन्मदिनमा होटलमा एकछिनको रमाइलो भन्दा सामाजिक तथा शैक्षिक क्षेत्रमा यस्तै खाले सहयोग गर्नुपर्ने बताए । उंनले भने “निम्न आए भएका व्यक्तिलाई सहयोग गर्नु नै मानविय धर्म हो ।”
त्यस्तै क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले बालबालिका भोलिका कर्णदार भएकाले शैक्षिक सहयोगले टेवा पुग्ने बताए । समाजमा आवश्यक परेका बेला रोट्रयाक्ट सदैव साथ रहने अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मनोज राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनाल, विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझा लगाएतले बोलेका थिए ।
कार्यक्रमको संचालन क्लबका सहसचिव किरण श्रेष्ठले गरेका थिए । त्यस्तै स्वागत क्लबका कम्युनिटि सर्भिस डिरेक्टर श्रीराम गन्धर्व र धन्यवाद क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ