तनहुँ । तनहुँको भानु-५ सरस्वति सदन माध्यमिक विद्यालयका विद्यार्थीलाई दमौली व्हिलर्स एण्ड बाइकर्स पोइन्टले न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरेको छ ।
विद्यालयको पुर्वविद्यार्थी मन्चको संयोजनमा दमौली व्हिलर्स एण्ड बाइकर्स पोइन्टले न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरेको हो । विद्यालयका ५० जना विद्यार्थीलाई ५० थान निलो सुइटर र खेलकुद समाग्रो सहयोग गरेको दमौली व्हिलर्सका प्रोप्राइटर मिरन नेपालीले बताए । त्यस्तै खेलकुद सामाग्री अन्तर्गत भलिबल २ थान, फुटबल १ थान, भलिबल नेट १ थान, ब्याटमिन्टन २ थान, काक सेट १ थान, बल पम्प १ थान, डोली ३ थान, चेस ३ थान र रिङ ३ थान रहेका छन् ।
उक्त न्यानो कपडा सहयोग कार्यक्रमको अध्यक्षता पुर्व विद्यार्थी मन्चका अध्यक्ष किरण श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार शाही रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि शाहीले न्यानो कपडा र खेलकुद सामाग्रीले विद्यार्थीलाई सहयोग पुग्ने बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले सहयोगी हात प्रति धन्यवाद ज्ञापन गरे ।
त्यस्तै शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने पुर्व विद्यार्थी मन्चका अध्यक्ष किरण श्रेष्ठले बताए । उनले अगाडि भने “सानो सहयोगले विद्यार्थीहरु लाई जाडोमा विद्यालय आउन सहज हुनेछ ।’
कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन पुर्व विद्यार्थी मन्चका सचिव रविन्द्र खातीले गरेका थिए । विद्यालयमा २ सय ३६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
सहयोगी संस्था दमौली व्हिलर्स एण्ड बाइकर्स पोइन्टबाट मिरन नेपाली, रमेश नेपाली, आशिष तिमल्सेना, विष्णु विश्वकर्मा र मनोज सुनार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष मोहन खाती, पुर्व विद्यार्थी मन्चका सदस्य सुरेश श्रेष्ठ, लक्षमण पोख्रेल, विष्णु अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती