तनहुँ । रोटरी क्लब अफ दमौलीको आयोजनामा तनहुँको व्यास-५ चुँदेरमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
सोमबार एक कार्यक्रमका बीच उक्त आयोजनाको शिलान्यास गरिएको थियो ।
अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेट, रोटरी क्लब अफ दमौली र व्यास नगरपालिकाको संयुक्त लगानीमा तनहुँको व्यास नगरपालिका–५ चुँदेरमा खानेपानी योजना निर्माण शुरु भएको छ ।
वर्षौदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घर–घरमा खानेपानी पुर्याउने उद्देश्य सहित रोटरी चुँदेर खानेपानी योजनाको शिलान्यास गरिएको छ ।
प्रमुख अतिथि रोटरी ३२९२ नेपाल भुटानका निवर्तमान डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ रहेका थिए ।
प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ र व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
सो अवसरमा रोटरी पोलियो अन्त्य गरे जस्तै स्वच्छ खानेपानी सबैमा पुर्याउने अभियानमा रहेको उनले बताए ।
रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपालन लगाएतका क्षेत्रमा सहयोग पुर्याउन निवर्तमान गभर्नर श्रेष्ठले बताए ।
विशिष्ट अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पानी नभएकाले स्थानीय तल झर्ने क्रम बढेको उनले बताए ।
उनले थपे ‘जमिन बाझो हुन थालेका छन ।’
उक्त योजना निर्माणमा व्यास नगरपालिकाले समेत आर्थिक सहयोग गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
गुणस्तरमा ध्यान दिएर तोकिएको समयमै काम सक्न निर्माण कम्पनीलाई व्यास-५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले अनुरोध गरेका थिए ।
कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र पोख्रेल, क्लबका आगामी वर्षका अध्यक्ष दिनेश कुमार श्रेष्ठ लगाएतले बोलेका थिए ।
उक्त योजनाबाट २२९ घर परिवार लाभान्वित हुने रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए ।
सो आयोजना १ करोड १६ लाख ४० हजार २१० रुपैयाँको लागतमा निर्माण हुँदैछ ।
योजनाले चुँदेर, नेपालटार र रानीटारी क्षेत्रका स्थानीय लाभान्वित हुनेछन । योजना निर्माण पश्चात प्रत्येक घण्टा १० हजार लिटर पानी तान्न सकिने छ ।
आगामी २ महिना भित्र गाउँमा खानेपानी झार्ने लक्ष्य रहेको निर्माण कम्पनीका इन्जिनियर प्रकाश शर्माले बताएका छन ।
उक्त आयोजनाको पार्टनर इन सर्भिसमा रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ भिमाद रहेका छन ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला