तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले घाइते वा बिरामीलाई सम्बन्धित उपचार केन्द्रमा पुर्याउन अघि बिरामीको थप स्वास्थ्य बिग्रन नदिन गरिने प्राथमिक स्वास्थ्य उपचारले नै बिरामीको जीवन जोगाउन सहयोग पुर्याउने बताए ।
साथै यस्ता खालका कार्यक्रमहरु विद्यालयमा मात्रै नभई समुदाय र टोलटोलमा जनचेतना जागृत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डे, रोटरी क्ल्ब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी, रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउत, उपाध्यक्ष सुस्मा श्रेष्ठ, कार्यक्रम संयोजक श्रीराम गन्दर्भ, सहभागी विद्यालयका तर्फबाट सत्यवति माविका शिक्षक प्रमोद पौडेल लगायतकाले बोलेका थिए ।
सो प्रशिक्षण कार्यक्रममा व्यास नगरपालिका भित्रका ७ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थी सहभागी रहेका थिए ।
सम्बन्धित खबर
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते