तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले गत कात्तिक २४ गते बरामद गरेको अवैध मदिरा नष्ट गरिएको छ । करिब ९५ लिटर अवैध घरेलु मदिरा आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालयकै परिसरमा खाल्डो खनी नष्ट गरिएको आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायण ढकालले बताए ।
आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायण ढकालको संयोजकत्वमा गठित अवैध मदिरा नियन्त्रण समितिको पहिलो वैठक सम्पन्न भएको छ बैठकले आगामी दिनमा पनि अवैध मदिरा नियन्त्रणका लागि भरपर्दो सूचनाका आधारमा अवैध मदिरा कव्जा गर्न र अन्तःशुल्क स्टिकरको वैधता परीक्षण गर्न विभिन्न निकायसँगको सहयोग र समन्वयमा सूक्ष्म रुपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय जन प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अवैध मदिराको उत्पादन, सञ्चय तथा बिक्री वितरणबाट समाजमा विभिन्न किसिमका विकृति फैलने तथा इजाजतपत्र प्राप्त गरी उत्पादन तथा बिक्री हुने मदिराको खपतलाई समेत प्रतिकूल असर पर्न गई प्राप्त हुनुपर्ने राजस्व समेत गुम्न सक्ने अवस्थालाई मध्यनजर राखी यो समितिले नेपाल प्रहरीसँगको सहयोग र समन्वयमा बजार अनुगमन गर्ने, अवैध मदिरा उत्पादन, सञ्चय तथा बिक्री वितरण स्थलको खानतलासी गर्ने, त्यस्तो कार्यमा प्रयोग भएका यन्त्र, उपकरणलाई कव्जामा लिने, संलग्न व्यक्तिलाई पक्राउ गर्ने र यसका लागि आवश्यक रणनीति वनाउने सम्मका कार्य गर्ने निर्णय भएको छ ।
सम्बन्धित खबर
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते