नेकपा विप्लव समूहसँगको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले भने, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’
नेकपाका अर्का अध्यक्ष दाहाल–नेपाल पक्षलाई इंग्गित गर्दै ओलीले पार्टीका केही नेता आफ्नो पार्टीको सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदिनुस् भन्दै पद किस्तीमा राखेर हिँडेको टिप्पणी गरे ।
ओलीले दल नै नभएकाहरुले संसदीय दलको बैठक राखेको भन्दै दलको नेता म यता छु के को बैठक भने । उनले भने, ‘संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेको छु । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । यति साह्रो नग्नताको हद रु आफ्नो प्रधानमन्त्री हटाएर किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने रु’
मुलुबमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको जिकीर गर्दै उनले भने, ‘अब तेपालमा हिंसात्मक बाटो छैन । हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन ।’
अमेरिका, चीन, भारतभन्दा नेपाल शान्तिको मापदण्डमा अघि बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएकाले शुभकामना दिन्छु भने।
यही पद्धतीमा रहेर विप्लव पौडी खेल्न सक्षम हुने उनको भनाइ थियो । शान्तिको बाटोमा आउने विप्लवको कदम साहसिक रहेको भन्दै उनले यो कुनै फोर्सल्याण्डिङ, क्रास ल्याण्डिङ नभई सेफल्याण्डिङ भएको उल्लेख गरे ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु