काठमाडौं । नेकपा एमाले ब्युँतिएपछि त्यहाँ कस्को कति शक्ति ? मापन हुन थालेको छ । नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।
एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा छन् । ७ जना माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली छ । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।
नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा छन् भने ९ जना ओली पक्षमा छन् । यसरी पदाधिकारी र स्थायी कमिटीमा नेपाल बहुमतमा छन् ।
यसरी नेकपा एमालेको पार्टी कमिटीको माथिल्लो तहमा ओली अल्पमतमा छन् । केन्द्रीय कमिटीमा ओली र नेपाल समूह झण्डै झण्डै बराबरीको अवस्थामा छन् । उक्त कमिटीमा बामदेव गौतम निर्णायक अवस्थामा छन् ।
केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.केपी ओली अध्यक्ष
२.इश्वर पोखरेल महासचिव
३. प्रदिप ज्ञावली सचिव
४.पृथ्वी सुब्बा गुरुङ सचिव
५. विष्णु पौडेल उपमहासचिव
स्थायी कमिटी सदस्य
६.शंकर पोखरेल
७. सत्यनारायण यादव
८. सुवास नेम्वाङ
९ . विष्णु रिमाल
माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.माधवकुमार नेपाल, वरिष्ठ नेता
२.झलनाथ खनाल, वरिष्ठ नेता
३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष
४. भिम रावल, उपाध्यक्ष
५. युवराज ज्ञावली, उपाध्यक्ष
६. घनश्याम भुषाल, उप महासचिव
७ . गोकर्ण विष्ट, सचिव
८. योगेश भट्टराई, सचिव
९. भिम आचार्य, सचिव
स्थायी कमिटी सदस्य
१०.सुरेन्द्र पाण्डे
११. मुकुन्द न्यौपाने
१२. रघुजि पन्त
१३. बेदुराम भुषाल
१४. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’