काठमाडौं । नेकपा एमाले ब्युँतिएपछि विधान पनि सक्रिय भएको छ । एमालेको विधान अनुसार कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था छ । एमालेको विधान २०४९ लाई नवौं महाधिवेशन २०७१ ले संशोधनसहित धारा ६४ को उपधारामा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था गरेको हो ।
अब एमालेको विधान सक्रिय भएकाले ७० वर्ष उमेरहद पार गरेका नेताहरुको भविष्य के होला ? चासोको विषय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ७० टेकेका छन् । अब एमालेको विधान अनुसार उनको भविष्य के हुने ?
एमाले र माओवादी केन्द्रको एकीकरणले ७० कटिसकेका उपाध्यक्ष बामदेव गौतमअवकाशबाट जोगिएका थिए । अब एमालेको विधान सक्रिय भएकाले गौतमबारे पनि प्रश्न उठेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि ७० कटिसकेका छन् । उनी पनि एमालेको विधान अनुसार अवकाशमा पर्नेछन् ।
एमालेले सक्रिय राजनीतिबाट अवकाश पाएका नेताहरु ज्येष्ठ कम्युनिस्ट मञ्चमा रहने व्यवस्था गरेको छ । अब नेकपा एमालेमा ओली, खनाल र गौतमको पद कायमै हुन विधान संशोधन गर्नुपर्ने हुन्छ । शक्तिशाली निकायमा रहेका नेताहरुको अवकाश हुने भएकाले संशोधन हुने सम्भावना पनि छ । तर, ७० वर्ष नकटेका वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका के हुने ? चासोको विषय बनेको छ ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो