सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुने भएको छ। स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ।
एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो। नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो।
भेटमा ओली र नेपालसँगै दुबै पक्षका अरू केही नेताहरू सहभागी हुने स्रोतले बतायो।सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट र संवाद भएको छैन। प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेता नेपालसहित सो समूहका मुख्य नेताहरूको जिम्मेवारी खोसेर पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेपछि एमालेभित्रको विवाद तीव्र रूपले बढेको छ।
प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयको प्रतिक्रियामा नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ।
आइतबार साँझमात्रै नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले वक्तव्य जारी गर्दै ओलीको कदमको विरोधमात्र गरेका छैनन् एमाले पुनर्गठन गर्ने जिम्मेवारीमा संलग्न हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले चैत ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् भोलि चैत ३ गते चियापानका लागि निम्तो दिएका छन्।
प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै नेपाल पक्षका नेताहरूलाई पनि सो बैठकमा आउन भने पनि २८ उनले गरेको निर्णय फिर्ता नलिउन्जेल केन्द्रीय समितिको बैठक र चियापानमा जाने मनस्थितिमा आफूहरू नरहेको नेपालनिकट एक केन्द्रीय सदस्यले बताए।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?