केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव एमाले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले फागुन २८ गतेको निर्णय अनुमोदन गरेको हो ।
बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजन कमिटी गठन गरेको र आयोजक कमिटीको अध्यक्षमा केपी ओली र महासचिवमा इश्वर पोखरेललाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिस्कार गरेको सो बैठकमा भएका निर्णय आजको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने भनिएको थियो ।
फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । माओवादीबाट मिसिन आएका २३ जनालाई केन्द्रीय कमिटीमा समेट्दै महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकले २६४ केन्द्रीय सदस्यको कार्य विभाजनको प्रस्ताव गर्न विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बाहेकका पद निलम्बन गर्दै महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो ।
पार्टी हित विपरितको काम गरेको भन्दै बैठकले माधवकुमार नेपाल पक्षका ५ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । माधव नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी बिरुद्ध काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’