पोखरामा दुई छुट्टाछुट्टै दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। स्कुटरले पैदल यात्रीलाई र बसले स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएको हो ।
पैदल यात्री सहित स्कुटर चालक घाइते
स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा चालक सहित दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका -१४ छिनेडाँडा स्थित ग १५ प ४८२ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
पोखरा महानगरपालिका- १५ निराजन चोक बस्ने ७० बर्षीय पैदल यात्री गंगा प्रसाद क्षेष्ठ र चालक रोशन के .सी घाइते भएका छन् । १८ वर्षीय के .सी पोखरा महानगरपालिका -१४ छिनेडाँडामा बस्र्दै आईरहेका थिए ।
दुर्घटनामा दुबैको स्वस्थ्य अवस्था सामान्य रहेको र घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्कुटर चालक घाइते
बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएका छन् । पोखरा महानगरपालिका -१६ महेन्द्र गुफ स्थित दुर्घटना भएको हो ।
ग १ ग १५२ नम्बरको बसले लु ६९ प ८२८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटना पोखरा महानगरपालिका -२ बाग्लुङ बसपार्क बस्ने १९ वर्षीय गोकर्ण के.सी सामान्य घाईते भएका छन् । केसीलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा