पोखरा । प्रमुख प्रतिपक्ष काँग्रेसले गाउँ पुग्ने अभियान थालेको छ । जनताको समस्या सुन्दै कास्की काँग्रेस पर्यटकीय गाउँ ताङतिङ पुगेको छ ।
नेपाली काँग्रेसकानेता एवंम पूर्व मन्त्री महादेव गुरुङ सहित पोखराका पूर्व मेयर भोला थापा, कांग्रेस नेता एवं पूर्व प्रधानपंच देवीजंग गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेख बहादुर गुरुङ, माँदी जनप्रतीनधी एवं नेबिसंघ पुर्ब केन्द्रीय सदस्य सरोज केसी, नेबिसंघका नेता पशुपती भट्टराई , नेबिसंघ कास्की पूर्व अध्यक्ष बिक्रम आदित्य सिंह गिरी,भोज बहादुर गुरुङ ,कांग्रेस युवा नेता सुजन पाण्डे ,टेक गुरुङ ,सबिन गुरुङ ,सुमन गुरुङ, बुद्धी लामीछानेको टिम ताङतिङ पुगेको छ ।
तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा नेबिसंघ पूर्व केन्द्रीय महामन्त्री समेत रहेका नेता महादेव गुरुङले देशले काँग्रेसलाई खोजी रहेको बताए । ‘मुलुकले अहिले काँग्रेस खोजी रहेको छ । कम्युनिष्ट सरकारको विकल्पमा अहिले मुलुकले अहिले काँग्रेस खोजेको छ,’ उनले भने, ‘हामी अहिले सत्तामा जानुभन्दा पनि जनतामाँझ पुग्नु पर्छ ।’ जनताको समस्या सम्बोधन गर्नको लागि काँग्रेस गाउँ फर्किएको उनले बताए ।
समृद्ध मुलुक निर्माण र बलियो कांग्रेस निर्माण को अभियानमा मादी बाट सुरु भएको उनले उद्घोष गरेका छन् । अन्य नेताले पनि गाउँ तहबाटै काँग्रेस समृद्ध नेपाल निर्माणमा जुट्नु पर्ने धारणा राखेका थिए ।
सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प