नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले मुलुकमा दिउँसै रात पार्ने काम हुन थालेको बताएका छन् ।
रुकुमको सल्लेबजारमा बुधवार आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले मुलुकमा भइरहेका विभिन्न किसिमका षड्यन्त्रविरुद्ध जनता जागरुक हुनुपर्ने बताए ।
यहाँ दिउँसै रात पार्ने जस्ता कुरा हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्यो, जनता सबै उठ्नुपर्यो, प्रचण्डले भने ।
उनले मुलुकमा राजनीतिक स्थायित्व होस्, विकास र समृद्धिमा केन्द्रित हुन सकियोस् भनेर आफ्नै प्रस्तावमा कम्युनिस्ट पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति, संविधान सबैलाई कुल्चिएको आरोप लगाए ।
कम्युनिस्ट एकता भंग गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलामा आफूहरू सहमत नभए पनि त्यसलाई मानेरै अगाडि बढ्ने उनको भनाइ थियो ।
जबकि त्यो रिट पर्या थियो, नामको विवादमा । एमाले र माओवादी अलग गरिदिनुपर्यो भन्ने दाबी रिट निवेदकले गरेकै होइन । अदालतले नाम अर्को बनाउनुससम्म भन्ला भनेका थियौं हामीले, तर अनौठो भयोु, प्रचण्डले भने, यो सिस्टममा सर्वोच्च अदालतले भनेपछि मान्दिनँ भन्न नपाइने, सहमत छैनौं भन्नचाहिँ पाइने । त्यसैले मानेरै अगाडि बढ्छौं ।
धेरै ठूलो संघर्ष, बलिदानी र मेहनतपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै प्रचण्डले त्यसको रक्षा गर्न आफू लागिरहने बताए ।
रुकुमबाट आफू ऊर्जा लिएर काठमाडौं फर्किने उनको भनाइ थियो ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते