पोखरा । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।
सीसीएमसीले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार डीसीसीएमसीलाई दिन सिफारिस गरेको हो । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका साथै कास्की, मोरङ, पर्सा, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै, कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सिफारिस अनुसार यी जिल्लाहरुमा सिडिओले तत्काल लकडाउन गर्न सक्नेछन् ।
बैठकमा कोरोनाभाइरस ९कोभिड–१९० संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस पनि भएको छ । यस्तै काठमाण्डौ उपत्यकाका ३ सिडिओले भोलि सोमबार बैठक बसेर उपत्यका लकडाउन गर्नेबारे निर्णय गर्ने भएका छन् ।
कास्कीमा अहिले ६ सय ३३ जना सक्रिय केस रहेको छ ।
सम्बन्धित खबर
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री बालेनको अपरिपक्व अभिव्यक्तिलाई परराष्ट्रमन्त्री खनालले संसदमा सच्याए
पोखरा-दुबई उडान अनुमति पायो फ्लाई दुबईले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु