नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई दिएको ९ बजेसम्मको समयसीमा सकिएको छ। उक्त समयसीमामा ओलीको कुनै प्रतिक्रिया आएको छैन। अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाउनका लागि नेपाल समूह अहिले सिंहदरबारमा छलफलमा जुटेका छन्। कठोर निर्णयका लागि बैठक बस्न लागिएको हो । नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्।
आइतबार साँझ सिंहदरबारमा बसेको सो पक्षको बैठकले दुई विषय अघि सार्दै सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो। बैठकपछि बोल्दै योगेश भट्टराईले बैठकबाट दुई विषय तय गरेको बताएका थिए।
पहिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने। ‘उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ। र हामी विश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौं। त्यो स्थिति भएन र एउटा समूहलाई पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर धाक धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते हामीले जे निर्णय गर्नुपर्ने हो। त्यो निर्णय गर्छौं’, भट्टराईले भनेका थिए।
उनले आफूहरुले सम्पूर्ण सांसद्हरुलाई सोमबार बिहान साढे ९ बजे संसद् सचिवालयमा निमन्त्रणा गरिएको जानकारी दिएका थिए। ‘९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतीक्षा गर्छौं। त्यसपछि हामीले गर्नुपर्ने कठोर निर्णय गर्छौं’, उनको भनाइ थियो।
उक्त पत्रबारे अध्यक्ष ओलीले कुनै रेस्पोन्स नगरेकाले अब आफूहरूले बैठक बसेर सामूहिक राजीनामा दिने नेपाल पक्षीय सांसद मेटमणि चौधरीले जानकारी दिए।
‘खै, उताबाट अहिलेसम्म केही रेस्पोन्स आएन। अब हामी बैठक बस्दैछौं। सामूहिक राजीनामाको बाटोतिर जान्छौं होला,’ सांसद चौधरीले भने।
नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो। ओली पक्षबाट संसदीय दलका उपनेता सुवाष नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले सिंहदरबारमा वार्ता गरेपछि राजीनामा रोकेको बताइन्छ। यद्यपि हिजै प्रधानमन्त्री ओलीले फ्लोरक्रस नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए। ओलीले नेपाल पक्षको प्रयासलाई हानिकारक प्रयास भएको आरोप समेत लगाएका थिए।
आइतबार एक वक्तव्य जारी गर्दै एमाले अध्यक्ष ओलीले नेपाल समूहले गरिरहेका क्रियाकलापलाई अपराधकर्मको संज्ञा दिँदै त्यसमा नलाग्न सांसदहरूलाई अपिल गरेका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पक्षले ६ बुँदे प्रस्ताव ओलीसमक्ष राख्दै आज ९ बजेसम्मका लागि अल्टिमेटम दिएका थिए।
आइतबार नै एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले आजको बैठकमा अनिवार्य सहभागी हुन र विश्वासको मतमा मतदान गर्न ह्वीप जारी गरेका थिए।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ