नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तेस्रो कार्यकालका लागि नियुक्त ओली देशको ४२ औं प्रधानमन्त्रकिा रुपमा नाम लेखाउन पुगेका छन् ।

ओली वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्। त्यो समयभित्र कसैको पनि दाबी पेस नभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
गठबन्धन सरकारका लागि राष्ट्रपतिले बिहीबार राति ९ बजेसम्मको लागि समय दिएकी थिइन् । यो समयभित्र गठबन्धनले सरकारको दाबी गर्न नआएकाले ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यद्यपि उपधारा (३) अन्तर्गत बनेको सरकारले ३० दिनभित्र विश्वासको मत भने लिनुपर्नेछ ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद पनि चयन गर्नेछन् । उनले एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टीका नेताहरूलाई समेत समेट्ने उनी निकट स्रोतले बताएको छ । माओवादीका तर्फबाट ७ जना मन्त्री रहेकोमा कोहि सांसद नै नभएको र कोहि माओवादीले कारबाही गरिसकेकाले पुनः नियुक्ति दिन मिल्ने कि नमिल्ने यसबारे टुंगो लागिसकेको छैन ।
एमालेभित्रको विग्रह मिल्ने दिशातिर गएपछि प्रमुख प्रतिपक्षी र माओवादी केन्द्रले गठबन्धन सरकार बन्ने सम्भावना नरहेको निष्कर्ष निकालेका थिए । जनता समाजवादी पार्टी विभाजित एमाले विवाद समाधानउन्मुख भएपछि ओली पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते