प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
र, अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सबै मन्त्री पुरानै दोहोरिएका छन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।
उनी बिहीबार तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। तीन वर्षअघि नेकपा (माओवादी केन्द्र) को सहयोगमा झन्डै दुईतिहाइको प्रधानमन्त्री बनेका ओली यस पटक भने अल्पमतको प्रधानमन्त्री बनेका हुन्।
२७ वैशाखमा संसद्मा विश्वासको मत गुमाएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
राष्ट्रपतिले दिएको तीन दिनको समयमा कुनै पनि सांसदले दाबी पेश नगरेपछि ओली अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्। अब उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ।
सम्बन्धित खबर
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग