कवि एवं गीतकार, चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा आइतबार निधन भएको छ। अस्वस्थ भएपछि उनलाई गत आइतबार छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान सवा १० बजे निधन भएको चलचित्र निर्देशक प्रकाश सायमीले जानकारी दिएका छन् ।
परिवारका अनुसार उनी १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं आएका थिए। ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको थियो।
उपन्यासकार एवं चलचित्रकर्मी कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषामा पनि कलम चलाएका छन्। उनका कविताकृत नेपाली, हिन्दी र उर्दू भाषामा प्रकाशित छन्। जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक पनि अंग्रेजीमा अन्य सह लेखकका साथ प्रकाशित छ ।
उनले ५० भन्दा बढी चललिचमा काम गरेका छन्। चेतनले कथा, पटकथा, सम्वाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखनमा संलग्न भए । ‘तीजको रहर आयो बरी लै’ सदावहार गीत उनकै हो । कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए ।
कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् । आत्मा बेचेको छैन उपन्यासको पृष्ठभूमिमा उनको जीवन र उनले भोगेको परिवेश छ । देशको मायाले उनी लाहुरबाट फर्किए । तर, देशमा आएर उनले दुःख पाए । पोखरामा मत्स्य विभागमा काम गरेका उनले ६ वर्ष ४ महिना जागिर खाए । त्यसपछि त्यहाँ राजीनामा दिएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरे । पोखरामा चेतन कार्की र भूपि शेरचनको दोस्ती निकै जमेको थियो ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने