नेपालमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनामध्ये अधिकांश रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयले ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको भारतको सीएसआईआर– इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । त्यहाँ गरिएको परीक्षण पछि नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनस्थित उच्च स्रोतका अनुसार पनि नेपालमा हाल फैलिरहेकोमध्ये ७० प्रतिशत भाइरस भारतीय डबल म्यूटेन्ट हो भने बाँकी ३० प्रतिशत यूके भेरियन्ट तथा पुरानै भेरियन्ट हो । ‘हामीले आन्तरिक रुपमा अध्ययन गर्दा अधिकांश रुपमा भारतीय डबल म्यूटेन्ट नै हाल व्यापक रुपमा फैलिएको पाएका छौं,’ नाम उल्लेख नगर्ने सर्तमा विश्व स्वास्थ्य संगठनस्थित स्रोतले भन्यो, ‘अहिले मन्त्रालयले गराएको जीन सिक्वेन्सिङले त्यसैलाई पुष्टि गरेको छ ।’
विश्व स्वास्थ्य संगठनले वैशाख २७ गते भारतीय डबल म्यूटेन्ट भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ (याद गर्नुपर्ने भेरियन्ट) भनी घोषणा गरिसकेको छ । यो भाइरस सबै उमेर समूहमा धेरै संक्रामक तथा जोखिमपूर्ण रहेको पत्ता लागिसकेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले पहिलो लहरको समयमा कोरोना भाइरसको जीन सिक्वेन्सिङ गरेर अध्ययन गर्दा नेपाल तत्कालीन अवस्थामा फैलिएको भाइरसमा पनि केही आनुवांशिक परिवर्तन भने देखिएको थियो । तर, उक्त परिवर्तनले के कस्तो असर गर्छ वा गर्दैन भन्ने अध्ययन भने गरिएन ।

सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’