काठमाडौं । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयले देउवालाई आजै प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवाले ६ जनाको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । उनले कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र उपेन्द्र यादव नेतृत्वको जसपाको दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । देउवाले कांग्रेसबाट गगन थापा र बालकृष्ण खाँडलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
देउवाले कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गरेर मन्त्रिपरिषद् विस्तारको रणनीति तयार गरेका हुन् ।थापालाई सरकारमा ल्याएर आफ्नो नजिक राख्ने र महामन्त्रीको दावी गरिरहेका बालकृष्ण खाँडलाई मन्त्रीमा नियुक्त गरेर उक्त पदमा अर्को नेतालाई व्यवस्थापन गर्ने रणनीतिमा देउवा देखिएका हुन् ।
यस्तै, माओवादीका नेताहरु जनार्दन शर्मा र पम्फा भुषाल पनि आजै मन्त्री हुने सम्भावना छ । तर, मन्त्रालय टुंगीएपछि नारायणकाजी श्रेष्ठले उप–प्रधानमन्त्री सहित सरकारको नेतृत्व दावी गरिरहेका छन् ।
जनार्दन शर्माले पनि गृहमा दावी गरेका छन् । पम्फा भुषाललाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतको दावी छ । यद्यपि अहिले नै माओवादीले नाम सार्वजनिक नगर्ने बताएको छ । मन्त्री को बन्ने भन्ने कुरा टुंगो लागे पनि माओवादी केन्द्रले शेरबहादुर देउवासँगको छलफलपछि मात्रै नाम सार्वजनिक गर्ने बताएको छ ।
उपेन्द्र यादव समूहले क–कसलाई सरहकारमा पठाउने भन्ने विषयमा छलफल गरिरहेको छ । जसपा स्रोतका अनुसार यादव आफैं नै उपप्रधान तथा पराराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागी हुने तयारीमा छन् ।
केपी शर्मा ओलीविरुद्ध अदालतमा बहुमत जुटाउन मुख्य भूमिका खेलेको एमालेको माधव कुमार नेपाल पक्षले भने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ । नेपालले सोमबार अदालतको फैसलापछि आफू अब विपक्षी गठबन्धमा नरहने स्पष्ट पारेका छन् ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो