ट्रक चालकको मनमा पाप जाग्दा नाबालक सहित उनका बाबुले अनाहकमा ज्यान गुमाउनुपरेको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
धादिङको थाक्रे गाउँपालिका-६, महादेवबेशीमा मंगलबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
नौबिसेतर्फबाट गल्छीतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको बिदुर नगरपालिका-१३ का ३५ वर्षिय नारायण शिवभक्ति र उनका छोरा १० वर्षीय आर्यन शिवभक्तिको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । बाबुको उपचारको क्रममा काठमाडौस्थित ट्रमा सेन्टर र छोराको घटनास्थलमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका २० वर्षिय जीवन घर्ती घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । मोटरसाइकललाई ब्याक गरी ठक्कर दिएर भाग्ने ट्रकलाई प्रहरीले सिम्लेबाट नियन्त्रणमा लिएको छ ।
ओभरटेक गर्न लाग्दा आफ्नै साइडमा आइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदै लछारेको थियो । त्यसपछि बाइक र सवार ३ जना सडकमा लडेका थिए । ट्रक चालकले पुनः ब्याक गरेर मान्छेमाथि टायर चढाएको भिडियोमा स्पष्ट देखिन्छ । चालकले प्रत्यक्षदर्शीले रोक्न खोज्दा पनि ट्रक हुईकाएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित खबर
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा