सुनसरी। श्रीमती र छिमेकी माथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र ३ बस्ने ३० वर्षीया रोमन राजधामीलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमतीलाई एसिड प्रहार गरेपछि फरार भएका राजधामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर बराहक्षेत्रको टोलीले महानगरीय प्रहरी वृत्त काठमाडौँबाट साउन १५ गते पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि सोमबार सार्वजनिक गरेको हो ।
मादक पदार्थ सेवन गरेका राजधामीले २८ वर्षीया श्रीमती सरस्वती बस्नेतलाई पसलबाट चुरोट ल्याउन लगाएको र नल्याइदिएपछि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरबाट भागेकी सरस्वतीलाई राजधामीले पछ्याउँदै गएका थिए । उनीहरुलाई छुट्याउन खोज्दा उनले छिमेकी ४३ वर्षीया श्यामकुमारीलाई समेत एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
टाउको तथा अनुहारको भागमा चोट लागेर गम्भीर घाइते भएकी श्यामकुमारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको भएपनि उपचार हुन नसकेपछि विराटनगर लगिएको छ। एसिड प्रहारपछि छुट्याउने क्रममा अन्य दुई जना छिमेकीलाई समेत एसिडको छिटा परेर घाइते भएको बताइएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान