किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.१२ छिर्कन बाट गत विहिबार प्रहरीले २ जना युवा लाइ लागु औषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखाको साविक देउराली गा.वि.स.वडा नं. ४ घर भई हाल तनहुँको आबुँखैरेनी गाँउपालिका वडा नं.२ ढापटार वस्ने वर्ष २२ को प्रतिम थापा र तनहुँको आबुँखैरेनी गाँउपालिका वडा नं.२ खानीखोला वस्ने वर्ष १७ को सिद्दान्त सुनार रहेका छन ।
शंकास्पद रुपमा हरकद गरेको अवस्थामा देखि प्रहरीले शरिर तलासी लिदा प्रितम थापाको साथबाट डाइजापाम शिशी थान २० थान फेनेरागन शिशी थान २० थान, नुफिन लेखेको शिशी थान २० थान, नेपाली नगद १२ हजार ५०० र आइफोन मोवाईल सेट थान १ फेला पारेको थियो ।
यस्तै सिद्दान्त सुनारको साथबाट डाइजापाम शिशी १५ थान, फेनेरागन शिशी थान १५ थान, नुफिन शिशी थान १५ थान र नेपाली नगद १ हजार २०० फेला परेको प्रहरीले जनाएको छ । ठुलो मात्रामा १०५ थान लागु औषध सहित पक्राउ परेका दुवै जनालाई पक्राउ गरी उनिहरु बिरुद्द लागु औषध मुद्दामा जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते