किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.१२ छिर्कन बाट गत विहिबार प्रहरीले २ जना युवा लाइ लागु औषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखाको साविक देउराली गा.वि.स.वडा नं. ४ घर भई हाल तनहुँको आबुँखैरेनी गाँउपालिका वडा नं.२ ढापटार वस्ने वर्ष २२ को प्रतिम थापा र तनहुँको आबुँखैरेनी गाँउपालिका वडा नं.२ खानीखोला वस्ने वर्ष १७ को सिद्दान्त सुनार रहेका छन ।
शंकास्पद रुपमा हरकद गरेको अवस्थामा देखि प्रहरीले शरिर तलासी लिदा प्रितम थापाको साथबाट डाइजापाम शिशी थान २० थान फेनेरागन शिशी थान २० थान, नुफिन लेखेको शिशी थान २० थान, नेपाली नगद १२ हजार ५०० र आइफोन मोवाईल सेट थान १ फेला पारेको थियो ।
यस्तै सिद्दान्त सुनारको साथबाट डाइजापाम शिशी १५ थान, फेनेरागन शिशी थान १५ थान, नुफिन शिशी थान १५ थान र नेपाली नगद १ हजार २०० फेला परेको प्रहरीले जनाएको छ । ठुलो मात्रामा १०५ थान लागु औषध सहित पक्राउ परेका दुवै जनालाई पक्राउ गरी उनिहरु बिरुद्द लागु औषध मुद्दामा जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला