राष्ट्रबादी नेता लालबाबु पण्डितको जीवनलाई पुस्तककै रुपमा पढ्न पाईने भएको छ । अब एक हप्ताभित्रै पब्लिकेसन नेपालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘सिंहदरबार बदल्ने संघर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र सार्वजनिक हुने नेपालयले जनाएको हो । पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।
आसन्न प्रतिनिधि सभाकाो चुनावमा लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६ बाट उठ्दैछन् । उनको प्रतिष्पर्धा नेपाली काँग्रेसा नेता डा. शेखर कोईरुालासँग हुनेछ । सामान्य प्रशासन मन्त्री हुँदैमा वाहवाही कमाएका स्वच्छ छविका लालबाबुलाई जनताले जिताउनेमा उनी ढुक्क छन् ।
लालबाबु पण्डित नेपाली राजनीतिमा छुट्टै नाम हो । जो एमालेका पोलिटब्युरो सदस्य रहेपनि कुनै पनि दलमा आबद्ध कार्यकर्ताले उनको विरोध गर्न सक्दैनन् । विरोध गर्छन् त डिभी पिआर पाएर विदेश पलाएन भएपछि पनि सरकारी जागिर खानबाट वञ्चित भएकाहरुले, मधेशमा भूमिपुत्रमाथि हैकम जमाउनेहरुले, भ्रष्टाचार गर्न नपाएकाहरुले । सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दा शुशिल कोईरालाको मन्त्रीमण्डलमा वाहवाही कमाएका मन्त्री लालबाबु तराईकै भएपनि पहाड हिमालसम्म उत्तिकै चर्चित छन् ।
बहालवाला मन्त्री, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरु, उच्च ओहदाका कर्मचारीहरु समेत डिभी पिआरधारी रहँदाको बखत उनकै वर्ष दिनसम्मको एकोहोरो ढिपी र अडानले डिभी पिआरधारी सरकारी जागिर र राजनीतिमा अयोग्य हुने ऐन पारित भएको थियो । यसका लागि ज्यानै गुमाउनुपर्ने धम्कीसँग पनि डराएनन् ।

पूर्वी तराईको अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका राजनीतिज्ञको जीवनीपुस्तक तराईवासीको महान पर्व छठको अवसर पारेर घोषणा गरेको हो। मन्त्री बनेको छोटो समयमा चर्चा कमाएका पण्डित मन्त्रीले कतिसम्म अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण बनेका थिए। आम मानिसका दैनिक सरोकारभन्दा अलिक पर कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालय सम्हालेका पण्डितका नेकपा (एमाले) का नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइ पुस्तकमा समेटिएको नेपालयले जनाएको छ।
‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैंबाट चाल्ने अठोट गरेको थिएँ’ पण्डित भन्छन् ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिताका साथ पुस्तकमा राखेको छु। समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ।’
‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’ पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।

सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’