दमौली, कात्तिक १६ । पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखन्डमा पर्ने आबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुर बस्ने २० वर्षीय निकेष सिंह र सोही ठाउँका मोटरसाइकल पछाडि बस्ने १९ वर्षीय सवीन अधिकारी तथा पैदल यात्रु गोरखाको पालुङ्टार नपा–१ च्याङ्लिङ बस्ने ६० वर्षीया नानुमाया राना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
तीनैजनाको उपचारका क्रममा मृत्यु भएको हो उनले भने । पैदल यात्रु नानुमायाको डुम्रेको लक्ष्मी अस्पताल, मोटरसाइकल चालक निकेषको पोखराको फिस्टेल अस्पताल र मोटरसाइकल पछाडि सवार सवीनको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीव्र गतिमा गुडेका कारण सो मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा सो घटना भएको अनुमान प्रहरीले गरेको छ । मोटरसाइकल इप्रका आँबुखैरेनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
FILE PHOTO
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु