नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मोरङ क्षेत्र न. ६ का उम्मेदवार लालबावु पण्डितले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । नेपाली कांग्रेसबाट प्रभावशाली नेता डा. शेखर कोइराला समेत उम्मेदवार बनेको मोरङ क्षेत्र नं ६ राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ ।
मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ । प्रभावशाली र लोकप्रिय मानिएका दुई नेताबीचको प्रतिस्पर्धा निक्कै रोमान्चक हुने अनुमान गर्न सकिन्छ । पुरानो कांग्रसी नेता विजय गच्छेदारको पार्टी पनि कांग्रेसमै समाहित भएको तथा माओवादी र एमालेको गठबन्धन बनेको अवस्थामा मोरङको राजनीति निकै गरमागरम हुने अड्कल गरिएको छ ।
जहाँ काग्रेसका प्रभावशाली नेता शेखर कोइरालाका विरुद्ध वाम गठबन्धनबाट एमालेका नेता लालबावु पण्डित चुनावी मैदानमा छन् । पण्डित सामान्य प्रशासन मन्त्री हुँदा निकै पपुलर बनेका थिए । उनले पिआर र डिभीधारी कर्मचारीलाई कारवाहीको शुरुवात गरेका कारण उनि चर्चित बनेका थिए । केन्द्र देखि स्थानीय स्तरमा पनि उनको शालिनताका कारण लोकप्रिय मानिन्छन् । यसर्थ पनि यहाँको चुनावी प्रतिस्पर्धा निक्कै रोचक हुने अनुमान गरिएको छ । यसैपनि कांग्रेसको पकड मानिएको मोरङमा विजय गच्छेदारको आगमनले शेखर बलियो बनेको बुझाई छ ।
आफ्नो जित सुनिश्चित भएको देख्ने एमाले नेता पण्डितले प्रदेशको राजधानी विराटनगरलाई बनाउने बताएका छन् । उनले भने, हिजो महानगरपालिका बनाउन लाग्दा मेरा प्रतिद्धन्दी यसको विपक्षमा थिए, कार्यकर्ता उचालेर विरोध गर्दै कांग्रेसले सडक जाम गरायो तर अहिले उनिहरुनै राजधानी विराटनगरलाई बनाउने भन्दै भोट माग्दा कुन मतदाताले विश्वास गर्लान् ?’
मुख्य कुरा प्रदेश निर्माणको पक्षमा हामी हुँदा कांग्रेस एक मधेस एक प्रदेशको नजिक थियो उनले भने, घुमाउरो पारामा एक मधेस एक प्रदेशको लागि कांग्रेस लगायत यसका नेताहरु भारतीय नाकाबन्दीको पक्ष थिए, उनको भनाई थियो ।

जितका आधारहरुमा वामगठबन्धन प्रति उत्साह, स्थानीय तहमा एमालेको जिते, देशमा विकास गर्न सक्ने र स्थायी सरकार आवश्यक परेकोले आफूलाई ६ नम्बर क्षेत्रका मतदाताले जिताउने विश्वासमा रहेको बताउँने पण्डित यस अघि ०४८ सालमा मोरङबाट प्रत्यक्ष निर्वाचित सासद थिए । पहाड र मधेस बीचको खाडल पुर्न आफू सधै तल्लिन रहेको बताउँदै पण्डितले भने, ‘ यस क्षेत्रको विकासमा आफूले ब्यक्तिगत रुपमा कुनैपनि लाभ नलिई क्षेत्रको विकास निर्माण, अव्यवस्थित फोहोरको उचित व्यवस्थापन आफ्नो प्राथमिकतामा पर्ने बताए ।
प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मोरङमा मंसिर २१ गते निर्वाचन तोकिएको छ । यहाँ वामगठबन्धनले तालमेल गरी उम्मेदवार उठाएको छ भने कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको छ ।
मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि ६१ जना तथा १२ वटा प्रदेश सभा सदस्यका लागि १०८ उम्मेदवार चुनावी मैदानमा छन् । सवै क्षेत्रमा चुनावी प्रचारप्रसार शुरु भएको भए पनि यतिखेर क्षेत्र नं–६ बढी चर्चामा छ ।

सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?