नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मोरङ क्षेत्र न. ६ का उम्मेदवार लालबावु पण्डितले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । नेपाली कांग्रेसबाट प्रभावशाली नेता डा. शेखर कोइराला समेत उम्मेदवार बनेको मोरङ क्षेत्र नं ६ राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ ।
मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ । प्रभावशाली र लोकप्रिय मानिएका दुई नेताबीचको प्रतिस्पर्धा निक्कै रोमान्चक हुने अनुमान गर्न सकिन्छ । पुरानो कांग्रसी नेता विजय गच्छेदारको पार्टी पनि कांग्रेसमै समाहित भएको तथा माओवादी र एमालेको गठबन्धन बनेको अवस्थामा मोरङको राजनीति निकै गरमागरम हुने अड्कल गरिएको छ ।
जहाँ काग्रेसका प्रभावशाली नेता शेखर कोइरालाका विरुद्ध वाम गठबन्धनबाट एमालेका नेता लालबावु पण्डित चुनावी मैदानमा छन् । पण्डित सामान्य प्रशासन मन्त्री हुँदा निकै पपुलर बनेका थिए । उनले पिआर र डिभीधारी कर्मचारीलाई कारवाहीको शुरुवात गरेका कारण उनि चर्चित बनेका थिए । केन्द्र देखि स्थानीय स्तरमा पनि उनको शालिनताका कारण लोकप्रिय मानिन्छन् । यसर्थ पनि यहाँको चुनावी प्रतिस्पर्धा निक्कै रोचक हुने अनुमान गरिएको छ । यसैपनि कांग्रेसको पकड मानिएको मोरङमा विजय गच्छेदारको आगमनले शेखर बलियो बनेको बुझाई छ ।
आफ्नो जित सुनिश्चित भएको देख्ने एमाले नेता पण्डितले प्रदेशको राजधानी विराटनगरलाई बनाउने बताएका छन् । उनले भने, हिजो महानगरपालिका बनाउन लाग्दा मेरा प्रतिद्धन्दी यसको विपक्षमा थिए, कार्यकर्ता उचालेर विरोध गर्दै कांग्रेसले सडक जाम गरायो तर अहिले उनिहरुनै राजधानी विराटनगरलाई बनाउने भन्दै भोट माग्दा कुन मतदाताले विश्वास गर्लान् ?’
मुख्य कुरा प्रदेश निर्माणको पक्षमा हामी हुँदा कांग्रेस एक मधेस एक प्रदेशको नजिक थियो उनले भने, घुमाउरो पारामा एक मधेस एक प्रदेशको लागि कांग्रेस लगायत यसका नेताहरु भारतीय नाकाबन्दीको पक्ष थिए, उनको भनाई थियो ।

जितका आधारहरुमा वामगठबन्धन प्रति उत्साह, स्थानीय तहमा एमालेको जिते, देशमा विकास गर्न सक्ने र स्थायी सरकार आवश्यक परेकोले आफूलाई ६ नम्बर क्षेत्रका मतदाताले जिताउने विश्वासमा रहेको बताउँने पण्डित यस अघि ०४८ सालमा मोरङबाट प्रत्यक्ष निर्वाचित सासद थिए । पहाड र मधेस बीचको खाडल पुर्न आफू सधै तल्लिन रहेको बताउँदै पण्डितले भने, ‘ यस क्षेत्रको विकासमा आफूले ब्यक्तिगत रुपमा कुनैपनि लाभ नलिई क्षेत्रको विकास निर्माण, अव्यवस्थित फोहोरको उचित व्यवस्थापन आफ्नो प्राथमिकतामा पर्ने बताए ।
प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मोरङमा मंसिर २१ गते निर्वाचन तोकिएको छ । यहाँ वामगठबन्धनले तालमेल गरी उम्मेदवार उठाएको छ भने कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको छ ।
मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि ६१ जना तथा १२ वटा प्रदेश सभा सदस्यका लागि १०८ उम्मेदवार चुनावी मैदानमा छन् । सवै क्षेत्रमा चुनावी प्रचारप्रसार शुरु भएको भए पनि यतिखेर क्षेत्र नं–६ बढी चर्चामा छ ।

सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु