गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कास्कीको क्षेत्र नंं २ बाट प्रतिनिधि सभामा बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रविन्द्र अधिकारी अहिले चुनावी अभियानमा व्यस्त छन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका अधिकारी चुनावी सभामा मुलुक समृद्ध बनाउने आफ्नो भिजन जनतासँग बाँड्न चाहन्छन् तर विपक्षीले लगाएको आरोपको प्रष्टीकरण दिँदैमा ठीक्क छ । यसलाई उनी लोकतन्त्रवादी भन्ठान्नेहरुले निर्वाचनलाई नै फोहोरी बनाउन लागेको टिप्पणी गर्छन् । समृद्ध नेपाल पुस्तकमार्फत आफ्नो मुलुक विकासको भिजन समेत बाहिर ल्याईसकेका अधिकारी जनतामाझ विकासकै नारा लिएर अघि बढेका छन् ।
चुनावमा त आफूले जिते यसो गर्छु, मेरो स्पष्ट विचार यो छ भन्नुपर्ने बेला हो । तर व्यक्तिगत नानाथरी आक्षेप र गालीगलौजको बारेमा प्रष्ट पार्नुपर्ने अवस्थामा अधिकारी पुगेका छन् । दिनहुँ धेरै ठाउँमा चुनावी अभियान र सभा हुने जहाँतहिँ यति कुरो भन्दैमा उनको समय गएको छ । झुटलाई पनि १०० चोटी भने सही भन्ठान्ने मानसिकताबाट गोयवल्स शैलीमा काँग्रेस उत्रेपछि मतदातालाई आफू को हो थाहा भएपनि बाध्य भएर उनी यसरी भाषणहरुमा यसरी प्रष्ट पार्नै ठीक छन् ।
रविन्द्र भन्छन्ः व्यक्तिगत आक्षेप र टिप्पणीमा उत्रेर राजनीतिलाई फोहोर हामी बनाउँदैनौं । फोहोर र कसिंगरलाई हटाउन स्वच्छ चुनावी अभियानमा होमिएका छौं । लोकतन्त्रमा प्रतिष्पर्धा हुन्छ । दुश्मनी हुँदैन । प्रतिष्पर्धाको हिसाबबाट आउनुहोस् । विचारको स्वस्थ प्रतिष्पर्धा गरौं, जनताको मन जितेर अघि बढौं ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?