काठमाडौं, २९ कात्तिक– चुनावी प्रचारको लागि घरदैलो अभियानमा हिँडेका एमाले नेता राजेन्द्र पाण्डे घाईते भएका छन् । धादिङको प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (१) का उम्मेदवार रहेका पाण्डे सँयुक्त बाम गठबन्धनको चुनावी अभियानका क्रममा लडेर घाईते भएका हुन् ।
धुनिबेशी नगरपालिका ७ तोप्लाङ नजिक लडेर टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक बजे लडेर घाईते पाण्डेको नौबिसे स्थित नौबिसे स्वास्थ्य सँस्थामा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा साँझ ५ बजे देखी उपचार सुरु भएको छ ।
धुनिबेशीको चिसापानी र तोप्लाङमा चुनाव सभा गरी मझुवा तर्फ जाँदै गर्दा बाटोमा लडेर पाण्डे घाईते भएका हुन् । उनका सहयोगी निदेश घिमिरेले भने,‘भिरालो र चिप्लो बाटो थियो । उहाँ लड्नुभयो, ढुङ्गामा टाउँको ठोकिएर गम्भीर चोट लागेको छ । उपचारको लागि हामीले भर्खरै मात्रै मनमोहन अस्पतालमा ल्याएका छौं ।’
Pic. Nagarikpati.com
सम्बन्धित खबर
असोज ४ गतेदेखि १५ दिन पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु
त्रिशूली नदीमा बस खस्यो
धादिङमा ३ वटा ट्रक ठोक्किँदा ३ जना घाइते
धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि