पोखरा, ३० कात्तिक / कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापा पोखरा–१७ दीपक थापा मगरको घरमा भोट माग्न पुगे । घरदैलोको क्रममा मगरको घरमा पुग्दा स्वागत गर्दै उनले थापालाई अंगालोमा बेरे ।
‘तपाई नआएको भएनी हुने थियो, आउनु भयो खुशी लाग्यो,’ आफ्नो वरिपरिका घर देखाउदै भने, ‘तपाइलाई जिताउन म मात्र होइन यो टोल नै लागेको छ ।’ उम्मेदवार थापाले ढुक्कले जीत्ने दाबी मगरले गरे । ‘हामीलाई समस्या पर्दा साथ दिने पार्टी हो एमाले भोट अरुमा हालिदैन,’ उनले भने, ‘यस पटक पनि जित हाम्रो हुन्छ ।’ स्थानीय चुनावमा एमालेकै उम्मेदवारले जितेको मगरले सुनाए । ‘एमालेले वडा नम्बर १७ मा निकै राम्रो काम गर्दै आएको छ,’ उनले भने, ‘यतिकै त सजिलै जीत हात पथ्र्यो त्यसैमाथि माओवादी साथीहरुको साथ छ ।’
बिरौटाका सुरेश अधिकारीले पोखरा–१७ का सम्पूर्ण जनता थापाकै पक्षमा रहेको दाबी गरे । ‘जनताले बलियो उम्मेदवार थापा बाहेक अरु विकल्प देखेका छैनन्,’ उनले भने, ‘उनको जित जनताकै जित हो ।’ स्थानीय चुनावमा एक हजार भन्दा बढी मतले तीर्थराज अधिकारीले जितेको अधिकारीले सुनाए । ‘कृष्ण थापा भिजन भएको नेता हो, उनलाई हाम्रो क्षेत्रले मात्र नभएर राष्ट्रिय रुपमै चिन्छन्’ उनले भने, ‘अरु उम्मेदवार को छन् भन्ने पनि थाहाँ छैन यहाँको जनतालाई ।’
बुधबार पोखरा–१७ बिरौटा चोक, बराल फिट, पावर हाउस, छोरेपाटन, डेभिज फल लगायतको ठाँउमा घर दैलो कार्यक्रम गरिएको क्षेत्र नं २ प्रदेश १ का समन्वय कमिटिका संयोजक युवराज पौडेलले जानकारी दिए । क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी, सोही क्षेत्रका समानुपातिकतर्फका उम्मेदवारहरु सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बुढा छन्त्याल जनतासँग भोट माग्न पोखरा–१७ पुगेका थिए ।
त्यसैगरी पोखरा–२१ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गरिएको छ । कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले कार्यालयको उद्घाटन गरे । थापाले वडा नम्बर २१ को जनताले पार्टीलाई निकै माया गर्दै आएको बताए । ‘जनताले चाहेको काम गर्ने छु’ उनले भने, ‘यस ठाउँको समस्या समाधान गर्ने कुनै पनि कमी कमजोरी रहँदैन ।’ नेकपा एमाले पोखरा–२१ का अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्र नं २ प्रदेश १ का समन्वय कमिटीका सदस्य शिव पौडेले गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना