रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]

कृत्रिम ताल

रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]

default

निरन्तर वर्षाका कारण पोखरास्थित रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ ।

शनिबार पोखरा महानगरपालिका वडा नं. ९ र १० बीच पर्ने रामघाट क्षेत्रमा कृत्रिम ताल बनेको हो । नदीको पानीको निकास हुने ठाउँमा साँघुरो भएकाले प्रत्येक वर्ष वर्षाको समयमा रामघाटमा ताल बन्ने गरेको छ ।

पोखराको मध्यभागबाट बग्ने सेती नदी रामघाटमा आउँदा केही फराकिलो ठाउँ छ ।

त्यहाँ सेती नदी थुनिएर ताल बनेको छ । रामघाटमा ताल बनेपछि नदीतटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ ।

default

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ